काठमाडौ । अहिले सबै बडादशैँ मनाउनका लागि राजधानी काठमाडौ रहेको उपत्यका खाल्डो र देशभरीकै ठूला शहरबाट आफ्नो थाक थलो जाने क्रम जारी छ । काठमाडौ रहेको उपत्यकाबाटमात्र आजसम्म झण्डै २३ लाखले काठमाडौ छोडेका छन् । दशैको टिकाको दिनसम्म यो संख्या २४ लाख बाहिरीने अनुमान गरिएको छ । यही संख्यामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीपनि नबमीकै दिन गृहजिल्ला झापा जानुहुने भएको छ ।

पिता मोहनप्रसाद ओलीसँग दशैँ मान्न साथै झापाका मतदातासँग दशैँ, तिहार, छठ लगायतका चाडपर्वको शुभकामना बाँड्न झापा जानका लागि उहाँले काठमाडौ छोड्न लाग्नुभएको हो । उहाँ विजया दशमीका दिन बिहान गृहजिल्ला झापाबाट काठमाडौं फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले त्यस दिन बिहान पिता मोहनप्रसाद ओलीसँग टीका लगाएर काठमाडौं फर्किनुहुनेछ ।

उहाँ टीकाको अघिल्लो दिन नवमीमा झापा जानुहुनेछ । नवमीमा दिनभर उनी शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त हुने कार्यक्रम तय भएको छ । त्यस दिन उहाँ बिर्तामोडमा दसैंतिहार तथा छठ पर्वका अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुनुहुनेछ । नवमीका दिन बिर्तामोडमा हरेक वर्ष प्रधानमन्त्री ओलीले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गरेको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु