काठमाडौ । जीऊ अस्वभाविक मोटायो ? बर्गर फुले झै झुलिस् भन्दै जिस्क्याउने बढे ? मोटोपन रोगको भकारीपनि हो अब अस्वस्थ बन्छु की भन्ने चिन्ता बढ्यो ? अब चिन्ता लिनु पर्दैन हामी दुई हप्तामै सुपर स्लिम हुने उपाय बताउँदैछौ । यो उपयोगी सामाग्री अरुको लागिपनि सेयर गर्न नभुल्नुहोला । मोटोपना आधुनिक जीवनशैलीमा सबैजसोको लागि समस्या बनिरहेको छ । शारीरिक काम कम हुनु र मानसिक काम बढी हुने हुनाले पनि मोटोपना बढिरहेको छ ।

त्यस्तै खानपिनको शैलीले पनि शरीरको मोटोपना बढाइरहेको छ । मोटोपनाको लागि भान्साको सामान पनि औषधि सिद्ध हुन सक्छ । जीरा सबैजसो नेपाली भान्सामा हुने मसला हो । यसलाई तरकारी तथा अचारका परिकारहरु बनाउन प्रयोग गरिन्छ, जसले स्वादलाई बढाइदिन्छ । स्वादको लागि सधै भान्सामा प्रयोग गरिने यो जीरा औषधी पनि हो ।

जीरामा आइरन, क्याल्सियम, म्याग्नेसियम,जिंक, फस्फोरस जस्ता तत्वहरु हुन्छन् । यी तत्वहरुले गर्दा जिराले धेरै रोगहरुको लागि औषधीको काम गर्नुका साथै मोटोपना पनि छिटो घटाईदिन्छ । मोटोपना घटाउनको लागि हरेक राती सुत्नुभन्दा अगाडी दुई चम्चा जीरालाई एक गिलास पानीमा भिजाउनुपर्छ । बिहान उठेर त्यो पानि उमालेर पिउनुपर्छ । पिउँदा एकैपटक नभई एकएक घुड्की गर्दै पिउनुपर्छ । पानी पिएर सकेपछि बाँकी रहेको जीरा चपाएर खानुपर्छ । त्यस्तै, पचास ग्राम दहीमा एक चम्चा जीरा मिसाएर हरेक दिन खानाले पनि मोटोपना घट्छ । मोटोपना घटाउनको लागि जीरलाई गाँजरको सुपमा मिलाएर पकाउने र त्यसमा कागती, अदुवा, दही राखेर पनि खान सकिन्छ ।

मोटोपना घटाउनको लागि मानिसहरु ब्राउन राइस खाने गर्छन् । त्यो ब्राउन राइसमा जिरा मिलाएर पकाउने र खाने गर्नाले मोटोपना छिटो घट्छ । जिराले ब्राउन राइसको स्वाद पनि मीठो बनाइदिन्छ । जीराले पेटको पाचन शक्तीलाई बढाइदिन्छ । जिरा खानाले पेट फुल्ने, ग्याँस भरिने समस्या हट्छ । जिराले हृदयघातबाट पनि बचाउँछ , यसले कोलेस्ट्रोल घटाईदिन्छ । जीराले रगत पनि सफा गराइदिने र बढाउने गर्छ । विद्यार्थीहरुका लागि पनि जीरा खानु लाभदायक हुन्छ , किनकी यसले स्मरणशक्ती बढाइदिन्छ ।

सम्बन्धित खबरहरु