वि.सं. २०७५ असोज ३१ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर १७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:२४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:११ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, आश्विन शुक्लपक्षको अष्टमी तिथि, दिउँसो १२:३१ बजेसम्म, त्यसपछि नवमी तिथि, उत्तराषाढा नक्षत्र, बेलुका १०:०८ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, दिउँसो १०:३६ बजेसम्म, त्यसपछि धृति योग, बब करण, दिउँसो १२:३१ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : ईशान, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत महागौरी भगवतीको पूजा आराधना गर्ने दिन, बुधाष्टमी व्रत, गोरखकाली पूजा, महाष्टमी, कालरात्री, कुलक्षिभ्वय

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत सिद्धिरात्री भगवतीको पूजा आराधना गर्ने दिन, कार्तिक संक्रान्ति, महानवमी, मन्वादि, बौद्धावतार, स्याक्वट्याक्व, ०२ गते : विजया दशमी, नवरात्रअन्तर्गत अपराजिता भगवतीको पूजा आराधना गर्ने दिन, दशैंको टीका, देवी विसर्जन, शमी दर्शन, खड्गयात्रा, चाँल, ०३ गते : पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा, असँचाल,

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफन्तहरु बाट अनुकुल स्थिति आउन सक्ने हुन्छ । बाहिर जान्छु भन्दा भन्दै एक्कै ठाउँमा थन्किएर बस्न बाध्य हुनुपर्दा केही खिन्नता आउला । पैत्रिक कामहरुको आगमनको संकेत छ । श्रीमती तर्फबाट पनि पारिवारीक सुख–दुख प्रभावित भएको देखिन्छ । धेरै बोल्दा समस्या आउन सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । मेहनत गर्दा काम बन्न सक्छ । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । किन कि त्यसमा सुधारहरु ल्याउन सकिएला । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको अक ९ राम्रो हुने गर्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला तर केहि अबरोध पनि आउनेछ । मन दिमागमा आएजति समय मिलाउनु होला । केही संघर्ष गर्नुपर्ला जस्तो देखिएतापनि छिट्टै सफलता पाउनु हुनेछ । जिम्मेवारी बढिरहनेछन् । मान सम्मानको चिन्ता होला । नाति नातिना आदि केहि समय छुटिएला । तिर्थ यात्रा वा कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । जन्मदिन वा ब्रतबन्ध आदि महोत्सव होला । अरुले इज्जत गर्नेछ, सम्मान गर्नेछ र गन्ने सुन्ने मान्छे मान्नेछ । आजको दिन वर पर घुमिरहनु पर्ने जस्तो बनाइदिन सक्छ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको अक ६ राम्रो हुने गर्दछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – नया सर सामानहरु पाउला । प्रतिस्पर्धीहरूले हार खानेछन् । महिलाहरुको लागि खुसीको समय भन्नु पर्ला । खोजेको पाईएला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । पूजीको वृद्धि होला । अकस्मात धन लाभको समय छ । अलि मेहनत गर्नु परे पनि अन्तमा खुसिनै महसुस होला । भान्छा मा काम धेरै बढेरा जाला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको अक ५ राम्रो हुने गर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – अरुको सानो सहयोगले धेरै खुसि होला । आफुलाई र अरुलाई बराबर सम्मानले आउने हुनेछ । सुखको समय भएपनि किन किन खल्लो भएको जस्तो होला । निरास नहुनु होला । रोकिएका काम धेरै नभएपनि सक्ने जति बनाउन सकिनेछ । धेरै बोल्दा समस्या आउन सक्छ । अर्थको अनर्थ सोच्लान । मेहनत गर्दा काम बन्न सक्छ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । निर्णय गर्ने दक्षता आफै आउनेछ । माया गर्ने मान्छेहरुको याद आउला । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको अक २ राम्रो हुने गर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दैनिकीमा धेरै परिवर्तन आएपनि मन स्तिर नै रहला । चाहिने सर सामानको खोजबिन होला । युक्तिले र लगनसिलताले बिग्रेको कुरा, काम आदि जहा बाट पनि मिलाउन सकिएला । आफुले अरुको लागि सहयोग र समय दिनु पर्नेछ । बिना सित्तिमा सत्रु नबनाउनु होला । कसरि ऋण चुकाउ भनि व्यवस्था मिलाईएला । भौतिक साधनले जीवनशैलीमा सहजता आउला । धार्मिक यात्रा आदिको अवसर जस्तो आएको देखिन्छ । सापटी दिन–लिन सकिएला । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको अक १ राम्रो हुने गर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – उद्योगमा विशेष फाइदाको योग छ । मान्छेहरुले आफुलाई दिनु पर्ने पैसा आफै दिन आउलान । नौलो मित्त्रता सुरु हुन सक्छ वा नया मित्रजनहरु पाइएला । पुजा–पाठमा संलग्न हुनु पर्ने जस्तो बातावरण होला । सहयोग गर्नेहरू धेरै भेटिनेछन् । नयाँ काममा हात हाल्ने समय आएको छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको अक ५ राम्रो हुने गर्दछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सुधार आएको भान होला । लगनसिल र इमान्दारीको साथ अघि बढ्ने । रोजगारीबाट लाभ प्राप्त भएर आउने । कसरि पैसा कमाउ भन्ने होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । आमा आदिको बिशेष याद आउला । अवसरको खोजीमा भौतारिनु पर्ला । केही दौडधुप गर्नुपर्ला र संघर्ष गर्नु पर्ला । अनुकुल स्थिति आउन सक्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । नया काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बदना सकेनेछ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले त्यसैले शुक्र ग्रहको अक ६ राम्रो हुने गर्दछ र

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – भमणको तयारी जस्तो गर्नु पर्ने होला । भाइ बहिनीको सुखमा कमि आउला । जुन् कुरा पैला देखि सोचिरहेको थियो त्यो पुरा होला जस्तो हुने । कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । बिबाह ब्रर्तबन्ध आदि महोत्सव होला । नया काम फेला पर्न सक्छ । फाइदा उठाउन सक्ने समय छ । इज्जत र सम्मान पाउनु पर्ने ठाउँ बाटपनि पाउन कम भएको जस्तो होला । नया नया समाचार प्राप्त होला र खुल्दुली बढ्ला । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो र मंगल ग्रहको अक ९ राम्रो हुने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – परिश्रम बिना फल पाउन गाह्रो हुनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । ऋण आदि लाइ तिर्न सक्ने माहोल बनेको छ । प्रतिफल अलि ढिला आउनेछ तर अबश्य आउनेछ । लत्ता कपडा किनिएला । रोकिएका काम बनाउन सकिनेछ तर सोचेको भन्दा धेरै लागत लाग्नेछ । आफ्नो सर सामान वाहन आदिको ध्यान दिएर मर्मत आदि गर्न सकिएला । बिरामी हुन सक्ला । जे पायो त्यही नखानु होला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको अक ३ राम्रो हुने गर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – जे बोल्यो त्यहि सत्य नमाने पनि सब तपाईसँग भने मिल्न बाध्य हुनेछन् । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ । जति कामहरु पुरा गरे पनि त्यस्तै जस्तो लाग्न सक्ला त्यसैले आराम पनि चाहिने भन्ने बिचार आउने हुन्छ । मोज मस्ती आदि पनि गर्न पाइएला । सोचेको जस्तै दाम्पत्य जीवन राम्रो हुनेछ । रमाइलो जमघट हुने देखिन्छ । परस्पर मित्रता स्थापित गर्न सकिनेछ । रोजगारी वा व्यवसायमा मद्दत गर्ने खाले नया ब्यतिहरु पाइएला । काम आदि पुरै फत्ते गर्न नसके पनि उल्झेको कामलाइ सहज बनौन सकिएला । कहिले मन प्रसन्न होला कहिले नहोला । स्वास्थ्य खराब होला ध्यान पुर्याउन आबस्यक छ । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको अक ८ राम्रो हुने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सृजनात्मक लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । सन्तानहरु प्रत्ति राम्रो देखिएको छ । सम्बन्ध गाढ़िनेछ । भाइ बहिनीहरु सम्झेला । बिपरित स्थिति आए आफ्नो युक्ति बल प्रयोग गर्नु होला । अकस्मात आफ्नो परिजन वा नातेदारहरुलाई कहिँ बाटोमा भेटिएला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । लामो दुरीको यात्राको योग तत्कालै नमिल्ला । खुसि बढाउने अनुकुल स्थिति आउन सक्ने हुन्छ । आफ्नै मनमौजीमा ध्यान केन्द्रित हुदा आफ्नो अन्य बिषयमा केही चुनौती देखिन सक्छ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको अक ८ राम्रो हुने गर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । मन मिल्ने मान्छेहरुको साथ पाउनेछ र साथै मिलन पनि हुनेछ । मनोरञ्जनको समय छ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गाह्रो होला । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । कामको अलमल हुनेछ । केहि मित्रता स्थापित गर्न सकिनेछ तर खासै काम नलाग्लान । कमजोरीलाइ धेरै सुधारि अघि बढ्दै जान सकिनेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ । सन्तानको सहयोग लाभदायी बन्नेछ दिन । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको अक ३ राम्रो हुने गर्दछ ।

सम्बन्धित खबरहरु