काठमाडौ । विश्वमा यस्ता शासक छैनन् जो शान्तिपूर्ण तरिकाले आजबाट राजकाजको जिम्मा अर्को शक्तिलाई दिए म सर्वसाधारण नागरिक सरह रहनेछु भन्दै आफ्नो थाक थलो नै छोडेर बाहिरीने नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह नै यस्ता शासक बनेका थिए । यही कार्यलाई विश्वले नै प्रशंसा गर्दछ । त्यसपछिपनि चुपचाप बसेका ज्ञानेन्द्र शाह दशकौँ बितेपछि अब अहिलेको शासन व्यवस्थामा गुनासो गर्न थालेका छन् । उनले देश बन्ने र बनाइने सपना देखेका नेपालीहरुले अहिले देश कसरी बचाउने भन्ने चिन्तामा पुगेको गुनासो गरेका छन् ।

हरेक उपलब्धिहरु परिवर्तन हुन तर हरेक परिवर्तनहरु उपलब्धिमुलक बन्न नसक्ने रहेछन् भन्ने पुष्टि भएको बताउदै ज्ञानेन्द्रले राजनीतिक दलहरुप्रति आक्रोश पोखेका छन् । परिवर्तनका नाममा समेटिएका असामयिक र असान्दर्भिक कार्यसूचीका कारण देशको अवस्था चिन्ताजनक बनेको उनको आरोप छ । नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको उल्लेख गर्दै पूर्व राजा शाहले तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको गुनासो गरे ।

अव समिक्षा र आत्ममूल्यांकन गर्ने घडी आएको चर्चा गर्दै उनले आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न पनि सबैमा आग्रह गरे । विजया दशमीको पावन अवसरमा शुभकामना विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले अगाडि भने ‘देश शान्त, सूखी र सम्वृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मूलूक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पूनः स्मरण गराउंदछु ।’उनले देशमा शान्ति सूव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नू मारिनू नपर्ने, अपराधिक कृयाकलापमा न्युनीकरण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हूने, जनताको जीवन सूखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्णू व्यवहार निरुत्साहित हूंदै जाने विश्वास आफुले लिएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्ठित रहेको उल्लेख गर्दै कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिककारुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य रहेको उनले धारणा राखेका छन् । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको पनि पूर्व राजा शाहद्वारा विज्ञप्तीमा उल्लेख छ ।

श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन् भन्दै नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्, भन्ने कामना पूर्व राजा ज्ञानेन्द्रले विज्ञप्ति मार्फत गरेका थिए । यह िविज्ञप्ति आएपनि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजाप्रति आक्रोश व्यक्त गरेका थिए । उनले जथाभावी नबोल्न चेतवानी समेत दिएका थिए ।

सम्बन्धित खबरहरु