इथियोपिया मन्त्रिपरिषदमा महिलाको बाहुल्य


आदिस अबाबा । इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार साना बनाउने घोषणा गर्नुभएको छ । तर उहाँले मन्त्रिपरिषदका आधा सदस्य महिला राख्नुभएको छ । बीस सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको अबियका प्रमुख अधिकृत फिटसम आरिगाले बताउनुभयो । उहाँले नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयको साथै सङ्घीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी महिलालाई दिनुभएको जानकारी दिनुभयो ।

 

“शान्ति, व्यापार तथा उद्योग, र रक्षा मन्त्रालय समेतका महत्वपूर्ण मन्त्रालयहरु महिलालाई दिइएको छ,” आरिगाले बताउनुभयो । राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उहाँ पहिलो महिला हुनुहुन्छ । संसदमा पूर्व सभामुख रहनुभएकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँचजना मात्र महिला थिए । गत अप्रिलमा कार्यभार सम्हालेयता प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो । दुई वर्षदेखि सरकार विरुद्ध प्रदर्शन भएपछि पूर्व प्रधानमन्त्रीले राजीनामा गरेलगत्तै अबिय नयाँ प्रधानमन्त्री चुनिनु भएको थियो ।

प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गर्नुभएको थियो । उहाँले विपक्षीहरुलाई कारागारमुक्त गर्नुका साथै विगतमा प्रतिबन्धित धेरै समूहलाई स्वदेश फर्काउने नीति ल्याउनुभएको थियो । प्रधानमन्त्री अबियले राज्य नियन्त्रित प्रमुख उद्योग व्यवसायलाई निजीकरण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । बयालीस वर्षीय अबिय प्रधानमन्त्री भएपछि पनि गाउँघरमा जातीय सङ्घर्षले तीव्रता पाएको छ । दक्षिणी इथियोपियामा जारी हिंसाका कारण दश लाख मानिस विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना