काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना मतदातासँग दशै मनाउनका लागि गृहजिल्ला झापा पुगिसक्नुभएको छ । २०७५ कात्तिक १ गते विहीबार, महानवमीका दिन बिहानै झापा पुग्नुभएको छ । उहाँ आजै अपरान्ह काठमाडौं फिर्ता हुने कार्यक्रम छ । चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा पुस्तक विमोचन कार्यक्रममा उहाँ सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको आयोजनामा बिर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमपनि तय भएको छ । उहाँ भोली २०७५ कात्तिक २ गते, शुक्रबार, दशमीका दिन बिहान ९ः४५–१०.००ः सम्माननीय प्रधानमन्त्रीद्वारा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्ने समय तालिका बनेको छ । विहान १०.००पछि सम्माननीय प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण गर्नुहुनेछ ।

दिउँसो १.००ः सम्माननीय प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण दिउँसो २ः००ः माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण गर्ने समय तालिका छ । अपरान्ह ३ः३० देखि ५ः३०ः पार्टी कार्यकर्ता तथा सर्वसाधारणहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टीका ग्रहण साँझ ६ः०० बजेदेखिः परिवारका सदस्यहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण गर्ने समय तालिका छ । एकादशी कात्तिक ३ गतेदेखि चतुर्दशी कात्तिक ६ गतेसम्म बिहान ९ः०० देखि ११ः००सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा सम्माननीय प्रधानमन्त्रीको हातबाट टीका ग्रहण समय तालिका तय गरिएको छ ।

सम्बन्धित खबरहरु