काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं नजिकिदैं गर्दा नेपालमा मासु अत्याधिक खपत्त हुने गरेको छ । हरेक वर्ष जस्तैं यो वर्ष पनि मासु नेपाली बजारमा उल्लेख्य मात्रामा बढेको छ । पछिल्लो समय हाम्रो कृषिप्रधान मुलुकमा मासु आयात पनि उल्लेख्य दरले बढ्दै गएको छ । चालू आर्थिक वर्षको दुई महिनामामात्र तीन करोड ५१ लाख रुपैयाँ बराबरको तयारी मासु आयात भएको भन्सार विभागले जनाएको छ ।

असोज, कात्तिक त झनै दसैं र तिहारका बखतमा मासु आयात एवं खपत सबैभन्दा उच्च हुने गरेको छ । यो अवधिमा एक लाख बढी जिउँदो खसीबोका आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । साउन र भदौ महिनामामात्र सात करोड ७५ लाख रुपैयाँको एक लाख खसीबोका आयात भएको भन्सार विभागले जनाएको हो ।

सम्बन्धित खबरहरु