वि.सं. २०७५ कार्तिक ०३ गते शनिबार तदनुसार ई. सं. २०१८ अक्टोबर २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, आश्विन शुक्लपक्षको एकादशी तिथि, साँझ ०६:३७ बजेसम्म, त्यसपछि द्वादशी तिथि, शतभिषा नक्षत्र, मध्यरात्रीपछि ०५:३५ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, दिउँसो १२:१२ बजेसम्म, त्यसपछि बृद्धि योग, विष्टि (भद्रा) करण, साँझ ०६:३७ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : आनन्द,

चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा, असँचाल, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :भोलिको चाडपर्व र उत्सव : त्रिपुष्कर योग बिहान ०५ बजृर ३६ मिनेटदेखि बेलुका ०८ बजेर ११ मिनेटसम्म ०५ गते : सोमप्रदोष व्रत, अर्घाखाँची सराय पर्व, ०६ गते : अखिल बलिपूर्ति,

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन महत्त्वपूर्ण हुने छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । आफ्नो प्रभुत्व जमाउन सकिनेछ । आँटेको काममा अलि ढिलाई होला । अवसरको खोजीमा भौतारिनु पर्ला । केही चुनौती देखिए पनि मन भएजति योजना पुरा गर्न नसक्ने नहोला । घर–परिवार, सन्तान आदि बाट लाभ देखीन्छ । भौतिक साधनले जीवनशैलीमा सहजता आउला । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । मांगलिक काम कुराहरु बढेर आउने जस्तो देखिन्छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – यसो हेर्दा समय राम्रो छ । पारिवारिक कुराहरु बिस्तारै बिस्तारै बढेर आउने र हप्ता दिन जति चल्न सक्ला । लेख्ने पढ्ने काम बढ्छ तर केहि अबरोध भने आउछ । हिम्मत आदि बढ्ने छ । आजको दिन महत्त्वपूर्ण हुने छ । रमाइलो र मंगलमय यात्रा हुन सक्छ । मनोरञ्जनको समय छ । मुभी हेर्न पाईएला वा चलचित्र घर जान पाउने योग छ । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । घर परिवारमा सबैलाई माया बाँड्नन पाउनेछ । फाइदा उठाउन सक्ने समय छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आँटेको काममा अलि ढिलाई होला । अरूको मुख ताक्नु पर्ला । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । मिहिनेतले आम्दानी बढाउनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला । महिलाहरुको लागि खुसीको समय भन्नु पर्ला । खोजेको लुगा कपडा, रत्न आदि पाईएला । खानपानको सोख पलौना नयाँ नयाँ भोजन गर्न मन लाग्न सक्दछ । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । लिनु पर्ने लिन सकिएला र दिनु पर्ने दिन सकिएला । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको दिन अर्थात् बुद्धबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । बुद्धबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – अरुले त्यतिकै फसाउन सक्छन्, वा ठुलो ठुलो आश्वासन देला । हावा कुरामा विश्वास नगर्नु होला । अवसरको खोजीमा भौतारिनु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ । व्यतिको प्रभावले सबैलाई आकर्षण गर्नेछ । जो कोहि पनि व्यक्ति संग खुसि होला आजको दिन । जे बुद्धिमा आयो त्यहि बोल्ने बानि होला । गृहस्ती जीवन राम्रो होला । जे बोल्यो त्यहि सत्य मान्ने छ सबैले । क–कसलाई नै भेट्ने हो भन्ने जस्तो होला । साथीहरु संग भेटघाट गर्न पाउला । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको दिन अर्थात् सोमबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सोमबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – घुमफिरको समय र बातावरण तयार भएको छ । रोकिएका काम बनाउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता र साथगाथ बढ्नेछ । अरु सामू आफ्नो प्रभुत्व जमाउन सकिनेछ । गुरुजन वा जान्ने बुझ्नेको सुझाव फलदायी होला त्येसैले आफ्नै मन खुसि मात्र नगर्नु होला । तिर्थ यात्रा वा कहाँ सुभ यात्रा को कुरा आउला वा जाने कुराहरु बढ्ला । ठुलो उत्सब समारोहमा खट्नु पर्ने हुन सक्छ । सम्मानीय जनको प्रेम पाईएला । विशेष योजना गर्नु पर्ने होला । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला । फाइदा फाइदा भन्दै पछि त्यतिकै खर्च हुन सक्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । केही दौडधुप गर्नुपर्ला र संघर्ष गर्नु पर्ला । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको दिन अर्थात् आइतबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । आइतबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । परीक्षा आदिको नतिजाले उत्साह बढाउनेछ । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । सन्तानको सहयोग लाभदायी बन्नेछ । श्रमको मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सहयोग गर्नेहरू भेटिनेछन् । नया सर सामानहरु उपहार पाउला वा किनमेल होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । लिनु पर्ने लिन सकिएला र दिनुपर्ने दिन सकिएला । तपाइको रासी कन्या हो जुन बुध ग्रहको रासी हो त्यसैले बुध ग्रहको दिन अर्थात् बुधबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुधबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – व्यापार लगायत अनि क्षेत्त्रमा राम्रो देखिन्छ । सहयोग गर्नेहरू भेटिनेछन् । लगनशीलताले सफलता दिलाउनेछ । नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम बनाउन सकिनेछ । श्रमको मूल्यांकन होला । रोकिएका काम बन्ने छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । काम बनाउने समय छ । गुरुजन वा जान्ने बुझ्नेको को सुझाव फलदायी होला । घर परिवारमा सबैलाई माया बाँड्न प्रयास गर्ने मन होला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – गुरुजन वा जान्ने बुझ्नेको सुझाव फलदायी होला त्येसैले आफ्नै मन खुसि मात्र नगर्नु होला । फाइदा उठाउन सक्ने समय छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । रोकिएका काम बन्ने छ, यदि सुरु गरे । ठूलो आवश्यकता पूरा हुनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता र साथ–गाथ बढ्नेछ । अरु सामू आफ्नो प्रभुत्व जमाउन सकिनेछ । ठुलो ठुलो काममा भन्दा सानो काममा बढी उल्झिनु पर्ला । यसो हेर्दा जिम्मेवारीक समय छ । पारिवारिक कुराहरु बिस्तारै बिस्तारै बढेर आउने र हप्ता दिन जति चल्न सक्ला । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – कुनै पनि बिग्रेको कुरालाई बाउनन सकिएला । परिश्रम बिना फल पाउन गाह्रो हुने छ । बिरामी हुन सक्ला, जे पायो तेही नखानु होला । काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । आकस्मिक खर्च बढ्नाले मनमा चोट लाग्न सक्छ त्यसैले अलि सावधान हुने पर्ने देखिन्छ । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । काम रोकिन लागेको जस्तो भएर मन खिन्न हुनेछ तर चिन्ता गर्नु पर्दैन काम सब बन्ने छ । आफ्नो सर सामान वाहन आदिको ध्यान दिनु होला किन कि मर्मत आदि गर्ने समय आएको छ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – रोजगारी वा व्यवसायमा मद्दत गर्ने खाले नया ब्यतिहरु पाइएला । काम आदि पुरै फत्ते गर्न नसके पनि उल्झेको कामलाइ सहज बनौन सकिएला । जो संग पनि बोल्ने मन होला । काम बने पनि सन्तुष्टता भने ठिक ठिकै मात्र रहनेछ । जति कामहरु पुरा गरे पनि त्यस्तै जस्तो लाग्न सक्ला त्यसैले काम वा धननै सब थोक होइन आराम र शान्ति पनि चाहिने भन्ने बिचार आउने हुन्छ । कार्यक्रम आयोजना आदिको कुनै छलफल आदि गर्न जानु पर्ने जस्तो होला । धेरै पछि यस्तो चाजो बाजो मिलाउन सकेकोमा खुसि होला । जो संग पनि काम गर्न रुचि होला । चाहिले भन्दा धेरै जोश र जागरले भरिभराउ होला ।
तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको दिन अर्थात् सनीबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । सनीबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई गाह्रो होला । स्वास्थ्य सबल बनाउन सकिएला । प्रतिस्पर्धीहरूले हार खानेछन् । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । कर्जा लिनुपर्ने हुन सक्छ । ठूलो आवश्यकता पूरा हुनेछ । फाइदा फाइदा भन्दै पछि त्यतिकै खर्च हुन सक्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको दिन अर्थात् सनीबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । सनीबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मिलनसार साझेदार वा मान्छेहरु संग भेट होला । भाइ बहिनीहरु प्रत्ति पनि राम्रो देखिएको छ । काममा प्रियजनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । रोकिएका काम बन्ने छ । आफ्नो प्रभुत्व जमाउन सकिनेछ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । धेरै इन्टरनेट चलाउनु पर्ला । धर्म कर्म, पुजा पाठमा मन होला । रोजगारीको लागि व्यवस्थित बनौउ भन्ने हुने । समाचार आदि पदने मन होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा लाभ होला । दिनचर्यामा नया हौसला र जोश होला । प्रगतिशील विचार आउने छ । कुनै संघ संस्था खोलौ भन्ने वा कुनै काम अघि बढाउ भन्ने हुने । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सम्बन्धित खबरहरु