काठमाडौ । दुई वर्षअघि केपी ओली प्रधानमन्त्री हुँदा टीका लगाउने नयाँ स्टाइल देखिएको थियो, बाउ उभिने, छोरा कुर्सीमा बस्ने। प्रधानमन्त्रीले आफ्नी पत्नीलाई पनि बसी बसी टीका लगाइदिएका थिए। अझ त्यतिबेला टिभी हेर्नेहरुले याद गर्नुभएको होला ? बाउले टीका लगाइदिने अनि नमस्ते गर्ने, छोराले आशीर्वाद दिएको जस्तो गर्ने। त्यतिबेला माइसंसारको ब्लगमा कमेन्ट आएको थियो ? ‘यो ठाउँ अनुसारको चलन हो। झापामा टीका थाप्ने बस्ने र लगाउने उठ्ने चलन छ है।’ कमेन्टका अनुसार झापाको चलनै भए पनि यसपालि चैँ त्यो तोडियो हो। यस पटक भने प्रधानमन्त्री र प्रधानमन्त्री पिता मोहनप्रसाद ओली बाउछोरा दुवै टीका लगाउँदा उभिएका देखिए।


२०७२ सालको फोटो

यसपालिको फोटो।


२०७२ सालमा प्रधानमन्त्री केपी ओलीले पत्नी राधिका शाक्यलाई पनि कुर्सीमा बसीबसी टीका लगाइदिएका थिए।


यस पटक भने उभीउभी नै टीका लगाइदिए। पहिलो पोष्टको तस्विर राखेर माईसंसारले लेखेको छ ।

सम्बन्धित खबरहरु