एजेन्सी । भारतीय रियालिटि शोहरुमा नेपालीहरु जाने क्रम बढ्दो छ । यसैक्रममा स्टार प्लसबाट आउने कार्यक्रम डान्स प्लस फोर मा नेपाली दुई बाल डान्सरहरु पनि गएका थिए अभय र आयुष । उनीहरुको ग्रुपको नाम थियो  यो कार्यक्रममा रेमो डीसौजा , धर्मेश , पुनीत लगायतका जजहरु छन् । अभय र आयुषको डान्स हेरेर छक्क परेका जजहरु झनै छक्क परे जब उनीहरुको डान्स गुरु स्वयम उनीहरुका पिता ओम प्रकाश चौधरी रहेको थाहा पाए र लगत्तै बाबु छोराहरुको जोडिले पस्तुति पनि दिए र सम्पुर्ण दर्शक र जजहरुले उनीहरुलाई उठेर सम्मान पनि गरे । यो ग्रुपले नेपालमा केहि समयअघि भएको नाँई मलाई थाहा छैन कभर डान्स प्रतियोगितामा प्रथम भएर रु १ लाख पनि जितेको थियो ।

यी बाबुछोराहरु कसरी यो ठाँउसम्म आईपुगे ? उनीहरुको सुख दुखका भोगाईहरु कार्यक्रममा देखाईएको थियो । सुन्दा सबैको आँशु आएका थिए । दुई बालकका पिताको बिबाह नगर्दै विश्वको ठूलो मञ्चमा आफुलाई डान्सरको रुपमा उभ्याउने सपना थियो । तर घरगृहस्थी गर्नेपर्ने भएकाले त्यो सपना टुट्यो । तर दुई छोरा जन्मिएपछि उक्त सपना अब छोराहरुबाट पुरा गर्ने सपना उनले देख्न थाले र दिनरात छोराहरुलाई सिकाउन थाले ।

नभन्दै छोराहरुलेपनि राम्रै प्रगती गरे उनीहरु रियालिटि शो डान्स प्लस फोरको मञ्चमा उभिन सके । मञ्चमा पुगेपछि को प्रस्तुतीको कोरियाग्राफर आफ्नै बाबु भएको बताएपनि जजहरु नै चकित बने । उक्त मञ्चमा बाबुपनि उतारे नभन्दै ३ बाबु छोराकै प्रस्तुतीले धमाका पिट्यो । यो भिडियोमा हेर्नुहोला ।

सम्बन्धित खबरहरु