सैन फ्रान्सिस । फेसबुक आज संसारभर एकदमैं चर्चित सामाजिक सञ्जाल हो । अहिले व्यक्ति व्यक्ति बिचको सम्बन्धसँगैं विस्तारैं व्यवसायिक हुन थालेको छ । यो बिचमा फेसबुक प्रयोगकर्ताहरुका लागि दुःखत खबर बाहिर आएको छ । फेसबुकका पिता मार्क जुकरबर्गलाई फेसबुकको संस्थापक पदबाट हटाउने माग अचानक फेरि अगाडी आएको छ । बुधवार फेसबुक कम्पनीका चारजना शेयरधनीहरुले यस प्रस्तावको समर्थन गरेका हुन । जूनमा हेज फन्ड ट्रिलियम एसेट म्यानेजम्यान्टले मार्कलाई हटाउन प्रस्ताव गरेको हो । अब इलिनोइस, रोडेड आइसल्याण्ड र पेन्सिल्वेनिया स्टेट फण्ड साथै न्यूयोर्क शहर पेंशन निधि पनि सामेल भएका छन ।

मे २०१९ मा हुँदैंछ शेयर धनीहरुको बैठक
शेयरधनीहरुका अनुसार क्याम्ब्रिज एनालिटिको डेटा विवाद लगायत धेरै ठुला मुद्धामा जुकरबर्गले समाधान निकाल्न सक्षम नभएको गम्भिर आरोप लगाएका छन । आउँदो वर्षको मे महिनामा शेयरधनीहरुको बैंठक हुनेछ । उक्त बैठकमा जुकरबर्गलाई हटाउनको लागि मतदान हुनेछ । यदी त्यो मतदानमा जुकरबर्गको पक्षमा भोट आएन भने उनले आफ्नो पदबाट राजीनामा दिनुपर्छ ।

शेयरधनीहरुले मार्कमाथि आरोप लगाएका छन कि उनी पारर्दशी छैनन । उनी स्वतन्त्र छवी भएको व्यक्ति नभएको उनिहरुको आरोप छ । उनिहरुका अनुसार समाज र अर्थव्यवस्था मा फेसबुकको अहम भुमिका रहेको छ । यसकारण कम्पनीको जिम्मेवारी पदमा वस्ने व्यक्तिमा पारदर्शिता हुन आवश्यक छ । तपाईलाई जानकारी गराँउ विगतमा भएको अमेरिकी राष्ट्रिपतिय निर्वाचनमा फेसबुकले निकैं नकारात्मक भुमिका खेलेको आरोप लाग्दैं आएको छ । उनले अमेरिकी संसदमा यस बारेमा सवाल जवाफसमेत्त गर्नुपरेको थियो ।

न्यूयोर्क शहर पेंशन फंडसँग फेसबुकमा ४५ लाख शेयर रहेको छ । पेनिसिल्वेनिया ट्रेजरीसँग ३८,७३७ र ट्रिलियम एसेट म्यानेजम्यान्टसँग ५३,००० हजार शेयर रहेको छ । इलिनॉयस र रोहडे आइसलैंडको शेयर संख्या बारे कुनैं जानकारी आइसकेको छै्न । बढ्दो लोकप्रियतासँगैं फेसबुकको कमजोर व्यवस्थापनले गर्दा आज संसारका केही देशहरुमा फेसबुक बन्द गरिएको छ । नेपालको छिमेकी मुलुक चीनमा अहिले पनि फेसबुक बन्द नैं गरिएको छ ।

सम्बन्धित खबरहरु