एजेन्सी । फर्सी फलहरुको राजा हो । धेरैलाई मन पर्छ केहीलाई मन नपर्न सक्छ । यसैले भन्ने गरिन्छ देही गुणको फर्सी । तर फर्सीको स्वास्थ्यमा यति फाईदा छ नी जानेपछि तपाईको भान्छामा फर्सी नै धेरै पाक्न थाल्नेछ । हामीले प्राय हाम्रो तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । अमेरिकामा उत्पादन सुरू भएको मानिएको फर्सी हाम्रो खानामा केहि दिन बिराएर तरकारीका रूपमा आइपुग्ने गर्छ । तपाई हामीले प्रयोग गर्ने यो तरकारी निकै उपयोगी तरकारी हो । तपाईले प्रयोग गर्ने थोरै भन्दा थोरै मात्राले पनि तपाईलाई निकै फाइदा गर्छ । स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी छ फर्सी । भिटामिनको मात्रा निकै बढी पाइने फर्सीमा अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ । यसमा पाईने पौष्टिक तत्व र यसका फाइदाहरू के के छन् ?

  • २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्धत पुग्छ ।
  • फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ । यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । यसले शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ ।
  • फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ । जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्धत गर्छ ।
  • पहेलो भएर पाकेको फर्सी झन् फाइदा जनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।
  • यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ ।
  • फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्धत गर्छ ।

मनै लटरम्म हुने केही तस्विरहरु हेर्नुहोस् ।

सम्बन्धित खबरहरु