सर्लाही । सर्लाही ईश्वरपुर नगरपालिका २ सागरनाथ टोल बस्ने २३ वर्षिय अजित माझीलाई लागूऔषध नाईट्राभेट ३० एम्पुल, स्पास्मो २९ थान र नाईट्रोसन २० एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका ८ स्थित जांच गर्ने क्रममा भारतको सोनवर्षाबाट मलगंवातर्फ पैदल आउँदै गरेका अजितको साथमा उक्त लागूऔषध फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै उनीसंगै आइरहेका लालबन्दी नगरपालिका -२ बस्ने २५ वर्षीय अरुण घिसिङ र बरहथवा नगरपालिका - ३ बस्ने २५ वर्षीय रविलाल कुश्वारलाई समेत लागूऔषध कोरेक्स सेवन गरेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी मिक्वाखोला गाउँपालिका ४ सावा तुम्बायो बस्ने ३५ वर्षीय प्रताप लिम्बुको कुटपिटबाट शनिबार मृत्यु भएको छ ।

प्रतापलाई सोही ठाउँ बस्ने ५५ वर्षीय चित्रबहादुर लिम्बु, उनका छोराहरु २२ वर्षीय रोशन लिम्बु, २० वर्षीय बिषन लिम्बु र ज्वाई ३२ वर्षीय लालु भन्ने नरेन्द्र लिम्बु समेतले घरमा गई कुटपिट गर्दा गम्भीर घाइते भएकाले उपचारको लागि लैजाने क्रममा मृत्यु भएको बताइएको छ । कुटपिट गर्ने ४ जना फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता ईश्मा गाउँपालिका २ रापचौरमा सोही ठाउँ तालतुङ बस्ने ७० वर्षीया बिनिता नेपालीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलले शनिबार ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम र काठमाडौंमा २ जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतापपुर गाउँपालिका(७ सुर्यपुरास्थित गण्डक नहरको रिगेट गेटमा सुस्ता गाउँपालिका(३ सेखवाना बस्ने ५५ वर्षीय रामबृज हरिजनको आइतबार शव फेला परेको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बाराही मन्दिरको जंगलमा प्लाष्टीकमा प्याक गरी फालेको अवस्थामा हाल पहिचान खुल्न नसकेको शव सडिगलेको अवस्थामा आइतबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु