कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दशैँको बिदा घटाईदिएको छ । जहिलै युगौँ युगदेखि फुलपाती देखि पूर्णिमाको दिनसम्म विदा हुँदै आएकोमा यो बर्षदेखि क्रयोदशीदेखि नै कार्यालय शुरु भए । तर प्रधानमन्त्री ओलीले भने दशैँमा सर्वसाधारणलाई कार्तिक ६ गतेसम्म टिका लगाईदिने कार्यक्रम अझै पनि जारी छ ।

तर भोलीबाट भने उनले १ घण्टामात्र टिका लगाईदिने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार ओलीले सोमबारदेखि बिहान साढे ८ र साढे ९ बजेसम्म मात्र टिका लगाइदिने भएका छन्। कार्यालयको काममा बाधा नपर्ने गरी समय तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए। प्रधानमन्त्रीको हातबाट टिका ग्रहण गर्न सर्वसाधारण, नेता, सांसद र मन्त्रीहरू आइरहने भएकाले चतुर्दशीसम्म टिकाको समय तोकिएको हो ।

सम्बन्धित खबरहरु