काठमाडौ । दशैँ सकिनै लागेको अब तिहारको रमझमले भेटेको छ । तिहारका मन्त्रमुग्ध हुने गीत घन्किन थालेका छन् । यही बीचमा बालक, बृद्धादेखि युवा पुस्तालाई समेत नचाउँने देउसी गीत बजारमा आएको छ । आयौँ हामी बोलको उक्त देउसी गीत दिपेश श्रेष्ठले गाएका छन् । शब्द रोशनमान श्रेष्ठले रचेका छन् ।

गीतको एरेञ्ज रुद्र शर्माले गरेका हुन् भने कोरियोग्राफी प्रनिशा उदाशले गरेकी छन् । कृष्ण सुबेदीको संगीत, मोटु सिग्देलको क्यामेरा र बुद्ध थापा मगरको दृष्य सम्पादन रहेको भिडियो निर्देशन भने राकेश किरातीले गरेका छन् । भिडियो उत्पादनको संयोजन कृष्ण श्रेष्ठले गरेको निर्माण पक्षले जनाएको छ । गीतको भिडियोमा कलाकार तथा साहित्यकार केशब फुयाँल भूमरीपनि देख्न सकिन्छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

सम्बन्धित खबरहरु