स्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानले एकआपसमा मिलेर कश्मीरको मुद्धालाई किनारा गर्नुपर्ने कुरामा जोड दिएका छन । लामो समयदेखिको युद्धलाई समाप्त गर्न पाकिस्तान सधैं एक कदम अगाडी आएको भएपनि भारत भने सधैं दुई कदम पछाडी नैं जाने गरेको छ हालैं भारतले रुससँग अत्याधुनिक मिसाइल प्रणली पनि खरिद गरेको छ । खानले यस्तो टिप्पणी दक्षिण कश्मीरको कुलगाम जिल्लामा एक मुठभेड़ स्थलमा भएको विस्फोटमा ६ जना नागरिकको मृत्युपछि दिएका हुन । तपाईलाई जानकारी गराउँ पाकिस्तानसँग चीन लगायत धेरैं देशहरु साथमा छन यदि युद्ध हुने हो भने भारत समाप्त हुने जानकारहरुको दावी रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्विट गर्दै यस्तो जानकारी दिएका हुन, “भारतीय सुरक्षा बलद्वारा बेगुना कश्मीरिहरुको हत्याको कडा निन्दा गर्न चाहान्छु ।” उनले अगाडी भनेका छन, “समय आइसकेको छ कि भारत यो याद राखोस उसलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव र कश्मीरी जनताको इच्छा अनुरूप कश्मीर मुद्धामा छलफलबाट समधान गर्न अगाडी आउँन आवश्यक छ ।” एक अन्य बयानमा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भनेका छन,“अन्तराष्ट्रीय समुदाय को कश्मीरमा मानवाधिकारको कथित उल्लघनको बारेमा जानकारी लिन आवश्यक छ ।” आइतबार कुलगाम जिल्लामा सुरक्षा बलसँग भएको मुठभेडमा तीन आतंकवादी मारीएका थिए भने मुठभेड पछि भएको विष्फोटमा परि कम्तीमा ६ जनाको ज्यान गएको थियो ।

शान्ति वार्ताको लागि खानले भारतसँग अनुरोध गरेको यो पहिलो पटक भने होईन । गत सेप्टेम्बरमा भारत और पाकिस्तानका विदेश मन्त्री विच वार्ताको लागि अपिल गरेका थिए । भारतले पाकिस्तानले एकातिर वार्ता र अर्कोतिर आतंकवाद गर्ने भएको हुनाले वार्ता गर्न नसक्ने जवाफ फर्काएको थियो । कश्मीरका पटकपटक हुने लडाईका कारण आजसम्म धेरैं जनधनको क्षति भएको छ । आज संसारले शान्ति चाहिरहेको समयमा भारतले हतियार खरिद गरेर पाकिस्तानलाई जिस्काउन खोजेको प्रतिकृया पाकिस्तानबाट आउँने गरेको छ । यसको परिणाम भारतका लागि नैं खत्तरानाक सावित हुने जानकारहरु बताउँछन ।

इमरान खानले गत जुलाईमा आफ्नो जित पछि सञ्चारकर्मिसँगको कुराकानीमा भारत र पाकिस्तानका विचमा भएको विवादलाई वार्ताबाट समाधान गर्ने बताएका थिए । उनले यदी भारत वार्ताको लागि तयार भएर कदम अगाडी आउँने हो भने आफुहरु दुई कदम अगाडी आउँने जनाएका थिए । उनले भारत र पाकिस्तान विच राम्रो सम्बन्ध कायम गर्न आफुले जस्तोसुकैं कदम उठाउन तयार भएको प्रतिकेया दिएका थिए । उनले कश्मीरी जनताको सम्मानसँगैं यो मुद्धालाई समाधान गर्ने जनाउँदैं उनले कश्मीरमा भारतीय रवैंयाप्रति आपत्ती पनि जनाउँदैं आएका छन । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु