वि.सं. २०७५ कार्तिक ०७ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर २४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०५:१८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे,

आश्विन शुक्लपक्षको पूर्णिमा तिथि, बेलुका १०:१५ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, रेवती नक्षत्र, बिहान १०:०७ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, बिहान १०:०७ बजेसम्म, त्यसपछि मेष राशिमा, हर्षण योग, दिउँसो ११:०९ बजेसम्म, त्यसपछि वज्र योग, विष्टि (भद्रा) करण, बेलुका १०:१५ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, कोजाग्रत व्रत, कार्तिक स्नान र आकाश दीपदानको आरम्भ, योसिमितवियगु, कत्ति पुह्नि, रास महोत्सव (कृष्णप्रणामी), संयुक्त राष्ट्रसंघ दिवस

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यमा भने आज धेरै राम्रो हुनेछ । धननै सब थोक होइन शान्ति पनि चाहिने भन्ने बिचार आउनेछ । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । सुखको समय भएपनि किन किन खल्लो र्भको जस्तो होला । निरास नहुनु होला । धेरै काम कुरामा समाबेस भएर दिन कट्नेछ । अरुले त्यतिकै फसाउन सक्छन्, वा ठुलो ठुलो आश्वासन देलान् । हावा कुरामा विश्वास नगर्नु होला । गौरव गर्ने वा घमण्ड गर्ने रहर होला । जे बुद्धिमा आयो त्यहि बोल्ने बानि होला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । यदि नभने पनि हौसला कम हुने छैन । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – गरिब दुखीको सेबाको अवसर आउला । दान पुण्य गर्न पाउला । के खाउ के खाउ हुन सक्छ । किनमेलमा मन जानेछ । नसोचेको ठाउमा खर्च होला । रमाइलो दिनको सुरु भउको देखिन्छ । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । केही संघर्ष गर्नुपर्ला । फाइदा फाइदा भन्दै पछि त्यतिकै खर्च हुन सक्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – देशको जिल्ला जिल्लाको भ्रमण गर्ने मौका मिल्न सक्छ । आफ्नो नातेदार आदि संग जमघट वा भेटघात हुने देखिन्छ । सृजनात्मक लगनशीलता बढ्नेछ । सफलता दिलाउनेछ । छोरा छोरीहरुले भनेको काम कुरा मान्न अटेर गर्न सक्छन, सम्झाई बुझाई काम आदि लगाउनु बुद्धिमानी होला । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा जोर लगाएर पढ्नु पर्ने समय आएको छ । मनोरञ्जनको समय छ । रमाइलो गर्न पाइएला । धन संचयहरु वृद्धि हुनेछ, यथेस्थ धन आफु संग भएर आउला । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नया काम फेला पर्न सक्छ त्यसैले बेरोजगारहरु काम खोज्न जादा हुन्छ । गरिरहेको काम मन नपर्नेहरु नया खोज्न जादा हुन्छ । बिशेष गरि बुवा तर्फको सुखमा वृद्धि होला । वाहन (बाइक ,गाडी) मा मर्मत ,सुधार आदि गर्नु पर्ला । आमा आदिको बिशेष याद आउला । उद्योगमा विशेष परिवर्तनको योग छ अर्थात् नया मोड लिने समय जस्तो भएर आउछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्नेछ । बोलेर सबैलाई समेट्न सकिनेछ । सबैले सहजै आफ्नो कुराहरुको पालना गर्नेछन । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको को रंग जस्तै सेतो, गुलाबी,फिक्का राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – यात्राको अलि माहोल बनेको छ । तर घुम्न नै पाउला भने भन्न सकिन्न । ठुलो उत्सब समारोहमा खट्नु पर्ने हुन सक्छ । भाइ बहिनीको साथमा कमि आउला । अरुबाट सानो कदर पाउन पनि अलि समय पछि मात्र होला । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा खटिनु पर्नेछ । अलि विलम्बले पढाई लेखी सकिएला । रमाइलो र मंगलमय यात्रा हुन सक्छ । ब्राह्मण–देवता आदिको अर्शीवाद पाईएला । पढाई लेखाईको तयारीमा बाधा देखिन्छ । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले सुर्यको रंग जस्तै सुन्तला, रातो, सुन रंग राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बिरामी हुन सक्ला । जे पायो तेही नखानु होला । काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आर्थिक लाभ हुने काम थालनी हुनेछ । गर्नु पर्ने धेरै काम गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । चुनौती पन्छाउँदै अघि बदना सकेनेछ । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गाह्रो होला । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – रमाइलो समय छ । मोज मस्ती गर्न पुला । बिन्दास रुपले दिन कट्ने छ । क कसलाई नै भेटने हो भन्ने जस्तो होला । भबिस्यमा घुम्न जाने वा रमाइलो गर्ने आदि बारे कुराकानी वा योजना बन्ला । कार्यक्रम आयोजनामा सहभागी हुन पाउला । धेरै पछि यस्तो चाजो बाजो मिलाउन सकेकोमा खुसि होला । जो संग पनि काम गर्न रुचि होला । उल्झेको कामलाइ सहज बनाउन सकिएला । जो संग पनि बोल्ने मन होला । नसोचेको मान्छेसँग भेट होला वा सम्झना आउला । प्रचार प्रसार गर्न जान पाइएला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – ऋण आदि भए तिर्न सकिएला । स्वास्थ्य सबल बनाउदै लान सकिएला । हिसाबकिताब हेर्नु पर्ने समय आएको छ । अरु जनहरुले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । अलि ध्यान दिनु होला । नसोचेको ठाउमा खर्च बढ्ने होला । अवसरको खोजीमा भौतारिनु पर्ला । मेहनत गर्दा मात्र सोचेको भन्दा बढी सफल होला । मुद्दा मामिलामा अघि बढ्न पर्ने जस्तो होला । अरुको लागि सहयोग र साथ दिनु पर्नेछ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सृजनात्मक लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । सन्तानहरु प्रत्ति राम्रो देखिएको छ । सम्बन्ध गाढ़िनेछ । भाइ बहिनीहरुले सम्झेला सम्मान गर्ला । बिपरित स्थिति आएपनि आफ्नो युक्ति बल प्रयोग गर्नु होला । अकस्मात आफ्नो परिजन वा नातेदारहरुलाई कहिँ बाटोमा भेटिएला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । लामो दुरीको यात्राको योग तत्कालै नमिल्ला । खुसि बढाउने अनुकुल स्थिति आउन सक्ने हुन्छ । आफ्नै मौजमा ध्यान केन्द्रित हुदा आफ्नो अन्य बिषयमा केही चुनौती देखिन सक्छ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – जग्गामा विशेष योजना गर्नु पर्ने जस्तो हुने हुन्छ । रमाइलो जमघट हुने जस्तो बातावरण देखिन्छ । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ । केही दौडधुप गर्नुपर्ला र संघर्ष गर्नु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गाह्रो होला । पारिवारिक सुख दुखका कुराहरु सुन्न सकिएला । कृषिहरुको लागि भनेको जस्तो राम्रो दिन छ । कलकारखानामा कामहरु धेरै बढ्नाले खुसीको माहोल हुनेछ । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ र टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – यात्राको अलि माहोल बनेको छ । सानो ठुलो यात्रा गर्नु पर्ने होला । शैक्षिक चाजो पाँजो आदि मिलाउने कामहरुमा वृद्धि हुन सक्छ । बिबाह आदि मंगलमय पर्व होला । बाजे–बजे आदिको चिन्ताले सताउला । मेहनत गर्दा मात्र अलि बढी सफल होला किन कि काम बन्न अलि संघर्ष गर्नु पर्ला । भाइ बहिनिहरुको साथ र सुख पाउला । अरुले इज्जत गर्नेछ । सम्मान गर्नेछ । गन्ने सुन्ने मान्छे मान्नेछ । घर परिवारमा सबैलाई माया बाँड्न पाउनेछ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ र टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – महिलाहरुको लागि खुसीको समय भन्नु पर्ला । खोजेको लुगा कपडा, रत्न आदि पाईएला । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । काम बिग्रन सक्छ । ऋण लिनुपर्ने जस्तो बातावरण हुन सक्छ । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । ठूलो आवश्यकता पूरा हुनेछ । अलि मेहनत गर्नु परे पनि अन्तमा खुसिनै महसुस होला । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

सम्बन्धित खबरहरु