काठमाडौ । चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा कला प्रदर्शनी भएको छ । उक्त कला प्रर्दशनीमा सबैको ध्यान तान्ने एउटा मुर्ती देखियो । सिसाको बासकभित्र साक्षत प्रधानमन्त्री केपी शर्मा ओलीको आकृती उतारेर बाकसमा बन्द गरिएको थियो । यति खारिएका कलाकारले बनाएको तस्विर देखिन्छ की हेर्दा हुबहु प्रधानमन्त्री ओली ।

दरवारमार्गस्थित शेर्पा मलमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा हाल स्थिरता र शान्तिको अवस्था आएकाले नेपालले चीनसित पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताए । उनले दुई देशबीच सम्पर्क सञ्जालको विकासले आपसमा आर्थिक क्रियाकलापसमेत बढ्न गई दुवै देश लाभान्वित हुने धारणा राखेका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक दिवाकर राणाले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको र यस वर्ष सेप्टेम्बरसम्ममा ९६ हजार चिनियाँले नेपाल भ्रमण गरिसकेको जानकारी दिए । कार्यक्रममा चिनियाँ कलाकारहरुले चीनले आफ्ना छिमेकीसँग पनि सांस्कृतिक सम्बन्ध कायम गर्ने सिलसिलामा कलाकारको टोली नेपाल भ्रमणमा आएको बताएका थिए ।

उनीहरुले चिनियाँ राष्ट्रपतिको एक क्षेत्र एक मार्ग अवधारणाअनुसार संस्कृति, व्यापार तथा कलाले विश्वलाई जोड्ने अवधारणाअनुसार आफूहरु यहाँ आइपुगेको बताए । तीन दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ कलाकारहरुद्वारा ‘क्यालिग्राफी’, प्लादो मोडेलिङ, चिनियाँ सेरामिक तथा कागज कलाका विभिन्न किसिमका नमूना राखिएका छन् । कार्यक्रम हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कम्पनी लिमिटेडको आयोजना तथा हुवेई चाङजियाङ चोङवेन इन्टरनेशनल कल्चरल एक्सचेञ्ज कम्पनीको सहआयोजनामा भएको थियो ।

कार्यक्रममा चिनियाँ कलाकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरेको प्रधानमन्त्री ओलीको प्रतिरुप भएको कलाको नमूना कुलपति उप्रेतीलाई हस्तान्तरण गरिएको थियो । जिङचु कल्चर टुर अफ् साउथ एशियाअन्तर्गत चिनियाँ कलाकारहरु सियाओ लङ काई, जोङजिन काओ, किमिन चेन, केली कङलगायत हाल नेपालको भ्रमणमा छन् ।

 

सम्बन्धित खबरहरु