काठमाडौ । क्यासिनोमा जुवा खेल्दा खेल्दै बेहोस भएका एक नेपालीको ज्यान गएको छ। काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा रहेको रोयल क्यासिनोमा भारतीय परिचय पत्र देखाएर जुवा खेलिरहेका सिराहा लाहान स्थायी घर भएका बुद्धिलाल शाह एक्कासी बेहोस भएका थिए। तत्काल प्रहरी र क्यासिनोका कर्मचारीले उनलाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल पुर्‍याए लगत्तै शाहको मृत्यु भएको भएको प्रहरीले जनाएको छ।

उनी क्यासिनो छिर्दा भारतीय नागरिक हरिशंकर पालको नाममा रहेको परिचय पत्र देखाएको काठमाडौं प्रहरी प्रवक्ता हुवेन्द्र बोगटीले जानकारी दिए। शाहको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले थप अनुसन्धान शुरू गरेको प्रवक्ता बोगटीले बताए।

सम्बन्धित खबरहरु