गोरखा । धर्म प्रचार अहिले नेपालमा भाइरल ज्वरोजस्तैं भएको छ । केही समय पहिलेसम्म एउटा धर्ममा आस्था राख्ने मान्छे एकैंछिनमा अर्को धर्म अगालेर वसेको हुन्छ । नेपालमा विशेष गरेर अहिले क्रिस्चियन धर्मको प्रचार जोडतोडका साथ चलेको छ । यसरी धर्मको व्यापार गर्दा सामाजिक सद्भावमा खलल आउँने कुरामा शंका गर्नेहरुको पनि कमि छैन । गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् ।

धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर९घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । “बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं रु” भन्दै कोठाभित्र आए, हरमटारी टोलका स्थानीयले भने, “एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।”

उनीहरु कोठामा आएर एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गरी यस धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गएको उनले बताए । भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारले तीव्रता पाएको छ । विशेष गरी विपन्न बस्तीमा बढी धर्म प्रचार हुने गरेको पाइएको छ । मान्दै आएको धर्म मान्न पाउने, भजनकिर्तन गर्न पाउने व्यवस्थालाई संविधानले सुनिश्चित गरे पनि धर्म प्रचार गर्न नपाइने संवैधानिक व्यवस्था छ । आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु