बारा । ऐतिहासिक महत्व बोकेको निर्माणाधिन निजगढ काठमाडौं फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि काटिएका ४० हजार क्युफिट काठ कुहिन थालेको छ । काटीएको काठ पुर्नःप्रयोग हुनुपर्ने हो तर सम्बन्धीत पक्षको वेवास्ताका कारण काठ कुहिएर गएको छ । यो काठ सेनाले ट्रयाक खोल्ने क्रममा काटेर उत्पादन गरी १० महिनाअघि सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाएको थियो । सेनाले रुख काटेर सम्बन्धितलाई हस्तान्तरण गरेको १० महिना बित्दासमेत डिभिजन वन कार्यालयले लिलाम बिक्री आदेश नदिँदा काठ कुहिरहेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु