धम्बोझी । बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो । चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ । उक्त टोलीको नेतृत्व गर्दै त्यसको संयोजन बर्दिया क्षेत्र नं १ ९ख० का प्रदेशसभा सदस्य तिलक शर्माले गर्नुभएको छ भने अन्य आवश्यक व्यवस्था पर्यटन व्यवसायी देवराज जैसीले गर्नुभएको छ ।

बर्दिया जिल्लामा पर्यटकीय सम्भावना के के छन् भन्ने विषयमा सम्भावनाको अध्ययन गरिसकेपछि चिनियाँ टोलीले स्वदेश फर्किएर चिनियाँ सरकारलाई प्रतिवेदन बुझाउनेछ । चिनियाँहरु यो फुललाई अति शुभ मान्छन् ।

सम्बन्धित खबरहरु