काठमाडौं । कार्तिक मासको कृष्ण पक्षको चतुर्थीमा करवा चौथ तिहार मनाउँने गरिएको छ । यो तिथि यो वर्ष २७ अक्टूबर अर्थात आज पर्न गएको छ । करवा शब्दको अर्थ माटोको भाडा भन्ने हुन्छ भने चौंथ शब्दको शाब्दिक अर्थ चतुर्थी हुन्छ । आजको दिन विवाहीत महिलाहरुका लागि विशेष हुन्छ । आज आफ्नो पतीको सुन्दर भविषयको लागि महिलाहरुले व्रत राख्ने गर्दछन । यस्तैं अविवाहीत नारीहरुले पनि सुन्दर पतीको कामना गर्दै व्रत राख्ने गर्छन । आज महिलाहरुका लागि विशेष दिन मान्ने गरिएको छ । यो हरितालीका तीज पछिको अर्को पर्व हो, जहाँ महिलाले आफ्नो पतिको दिर्घायुको लागि र अविवाहित महीलाहरुले भविष्यको पतीका लागि उपासना राख्ने गर्दछन ।

यसरी राख्नुहोस व्रत
महिलाहरुले बिहानैं सूर्योदय भन्दा पहीले उठेर सर्गी खानुपर्छ । यो खाना सामान्यतया उनकी सासुआमाले बनाउँछिन । यो खानापछि महिलाहरु दिनभर भोकैं पानी पनि नखाईकन व्रत वस्ने गर्नुपर्छ । बेलुका भगवान गणेश, शिव र पार्वतीको पुजा गर्नुपर्छ । जसमा पतीको दिर्घायुको कामना गर्ने गरिन्छ । यसपछि चन्द्रमाको दर्शण गरेर अर्घ दिने र पुजा गर्ने गर्नुपर्छ । फेरि छलनीबाट पति र चन्द्रमाको प्रतिबिम्म देखिन्छ । पतीले आफ्नी पत्नीलाई पानी पिलाएर व्रत तोडाउछन र पत्नीलाई आर्शिवाद पनि दिन्छन ।

पूजाको शुभ मुहूर्त
यो वर्ष पूजाको मुहूर्त बेलुका ५ः २५ देखि लिएर ६ः ३२ सम्म रहेको छ । यसको कुल अवधी १ घण्टा सात मिनेटको रहेको छ । हरेक पुजाहरुमा शुभ समयले निकैं महत्व राख्छ यदी तपाई असलमा भगवानको पुजा गर्नुहुन्छ र आफ्नो मनोकामना पुरा होस भन्ने चाहानुहुन्छ भने तपाईले शुभ मुर्हत लगायतका केही महत्वपुर्ण कुराहरुमा ख्याल राख्नुपर्छ अनि मात्रैं भगवानको कृपा तपाईमाथि बनेर बस्ने गर्दछ ।

कतिबेला व्रत तोड्ने
करवा चौंथको व्रत तोड्ने कुरा सामान्यतया चन्द्रमा देखा पर्नुसँग सम्बन्ध राख्ने गर्दछ । किनभने चन्द्रमालाई अर्घ दिएपछि मात्रैं तपाईको व्रत तोड्ने काम गरिन्छ । यो वर्ष चन्द्रदोय बेलुका ७ः ४० मा हुने देखिएको छ । त्यसैंले यो समयमा तपाईले आफुले राखेको व्रत आफ्नो पतिको हातबाट पानी ग्रहण गरेर तोड्न सक्नुहुन्छ । पतीको हातबाट पानी पिएपछि तपाईले आफ्नो पतीको आर्शिवाद पाउँनुहुन्छ र तपाईको व्रत सकिन्छ ।

कथा
एक समयको कुरा हो करवा नामकी एक पतिव्रता स्त्री आफ्नो पतिसँग नदी किनार सँगैंको गाउँमा वस्ने गर्थिन । एक दिन उनका पती नदीमा स्नान गर्न भनेर गएका थिए । स्नान गर्ने समयमा उनको पतीको खुट्टा मगरमच्छहरुले समाते र गहिरो पानीमा भित्र लैजान थाले । उनका पतिको अवस्था निकैं चिन्ताजनक भयो उनलाई त्यो गहिरो पानीबाट बाहिर उम्कन निकैं मुस्किल भयो । मृत्युको नजिक पुगेका उनले त्यही समयमा करवा माता भनेर चिच्याउन थाले र पतीको यस्तो आवाज सुने पछि करवा माता नदीको छेउमा पुगिन । पतीको यस्तो हालत देखेर करवा मातालाई रिस उठ्यो र उनले कच्चा धागोले मगरमच्छलाई बाँधेर भनिन, “यदी मेरो पतीव्रता सच्चा छ भने तिमीहरु मेरा पतीलाई गहिरो पानीमा लैजान सक्दैंनौं ।”

यो सब भएको कुरा यमराजलाई पनि थाहा भयो र उनी पनि नदी किनारमा आए । करवा मातालाई यमराजले भने तिमी आफ्नो पतिलाई यिनीहरुबाट छुट्कारा दिलाउन सक्छ्यौं रु मगरमच्छहरुलाई यसरी नबाँध खोलिदेउ, यमराजको यति कुरा सुनेपछि उनले भनिन यिनीहरुले मेरा पतीलाई मार्न खाजिरहेका छन यिनीहरुलाई मृत्युदण्ड दिनुपर्छ । यदी मेरा पतीको मृत्यु भयो भने मेरो पतिव्रता त्यसैं खेर जान्छ महाराज १ तब यमराजले करवालाई भने मगरमच्छको आयु शेष छ, त्यसैले म उनीहरुलाई कसरी मार्न सक्छु म सक्छिन ।

यो कुरा सुने पछि निराश हुँदैं करवाले यमराजलाई आफ्नो पतिको प्राण रक्षाको लागि अपिल गरिन । उनले आफ्नो सतीत्वको बल लगाउँदैं आफ्नो पतीको प्राण रक्षा गर्ने कठीन निर्णय लिइन । उनले यमराजलाई आफ्नो अनुरोधलाई स्विकार गर्न भनिन । करवाको कुरा सुनेर यमराजको दिल पग्लीयो र भने “तिम्रो पतिव्रता र सतीत्व देखेर म प्रभावित भए त्यसैंले म मगरमच्छहरुको ज्यान लिन्छु तिम्रा पतीलाई केही पनि हुँदैन ।” यसरी करवाले आफ्नो पतिको जीवनरक्षा गरेको कुरा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । त्यसैंले आजको दिन करवा चौथ मनाउँने गरिएको हो ।

शुक्र अस्तको प्रभाव रहनेछैन
शिवपुरीका ज्योतिषार्चायका अनुसार १७ देखि ३१ अक्टुबर सम्म शुक्र अस्त रहेको छ । तर तपाईलाई जानकारी गराँउ करवाचौथमा शुक्र अस्तको दोष रहने छैन । त्यसैंले जो पनि महिलाहरुहरुको यो पहिलो करवा चौथ हो उनीहरु निशंकोच व्रत वस्न सक्छन । यसका साथैं आजको दिन उद्धापन पनि गर्न सकिने ज्योतिषहरुले बताएका छन ।

सम्बन्धित खबरहरु