वि.सं. २०७५ कार्तिक ११ गते आइतबार तदनुसार ई. सं. २०१८ अक्टोबर २८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा) , काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे, कार्तिक कृष्णपक्षको चतुर्थी तिथि, साँझ ०६:१६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, रोहिणी नक्षत्र, बिहान ०९:३४ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, बेलुका ०९:०१ बजेसम्म, त्यसपछि मिथुन राशिमा, परिघ योग, मध्यरात्रीपछि ०१:३२ बजेसम्म, त्यसपछि शिव योग, बब करण, साँझ ०६:१६ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, नक्षत्रशूल : पश्चिम, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), १३ गते : त्रिपुष्कर योग दिनको ०२ बजेर १७ मिनेटपछि, १४ गते : त्रिपुष्कर योग बिहान ०५ बजेर ३८ मिनेटसम्म, अष्टमी व्रत, गोरखकाली पूजा, मूहुर्त : अन्नप्राशन(पास्नी),

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भान्छाको काम बढ्ने देखिएको छ मिठो मसीनो खाने मन हुनेछ । व्यापारीहरुको लागि आजको दिन राम्रो छ । बैंक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्रमा राम्रो देखिन्छ । कर्जा लिनुपर्ने हुन सक्छ । तपाइको राशि मेष हो जुन मंगल ग्रहको राशि हो, त्यसैले मंगल ग्रह सम्बन्धि देवी देवताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भान्छाको काम बढ्ने देखिएको छ मिठो मसीनो खाने मन हुनेछ । व्यापारीहरुको लागि आजको दिन राम्रो छ । बैंक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्रमा राम्रो देखिन्छ । कर्जा लिनुपर्ने हुन सक्छ । तपाइको राशि मेष हो जुन मंगल ग्रहको राशि हो, त्यसैले मंगल ग्रह सम्बन्धि देवी देवताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज तपाईको बोलीको धेरैं महत्व हुनेछ । विपक्षी धेरैं भएपनि नतिजा तपाईतर्फ नैं आउँने देखिएको छ । भबिस्यमा कुनै व्यवसाय तिर जाने आदि बारे कुराकानी बन्लान । केही संघर्ष गर्नुपर्ला तर संघर्षको फल ढिलो चाडो तपाईले पाउँनुहुनेछ । कामको अलमल हुनेछ, त्यसैले सानो काम कुरा भए पनि पूर्व तयारी गर्नु होला । अरूको मुख नताक्नु होला किनकि साथ दिन्छु भन्नेले कुरा फेर्न सक्छ वा काम कुरा अलि ढीलो गरिदिन सक्छ । फाइदा हुने काम प्राप्त हुन सक्छ । काम नै सब थोक होइन आराम पनि चाहिन्छ भन्ने बिचार गर्नुहोला । तपाइको राशि बृष हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रह सम्बन्धि देवी देवताहरु जस्तै सन्तोषी आमा, युमारी, महा(लक्ष्मी, अन्नपुर्ण, कमला आदीलाई पुज्दा राम्रो हुने गर्दछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यवसायको सन्दर्भमा आजको दिन सुभ, देखिन्छ । आफुले काम नगरिकन सहयोगीहरूले राम्रो साथ दिनेछन् । कुनै सांस्कृतिक पर्व आदि आउन सक्लान । नयाँ मित्रहरुको लागि पनि राम्रो देखिएको छ, सम्बन्ध गाडा बन्न सक्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ त्यसैले किसान वर्गहरुको लागि राम्रो छ । यदि सम्मानले अरु सामु पेस आउँदा गाह्रो काम सजिलो होला । फाइदा हुने काम प्राप्त हुन सक्छ । श्रमको मूल्यांकन होला, र सो अनुरुप पारिश्रमिक पनि पाइएला । तपाइको राशि मिथुन हो जुन बुध ग्रहको राशि हो त्यसैले बुध सम्बन्धि देवी देवताहरु जस्तै श्री(कृष्ण, बुध, मातंगी, सरस्वती, गायत्री आदि पुज्दा राम्रो हुने गर्दछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यदि सम्मानले अरु सामु पेस आए गाह्रो काम सजिलो होला, नभए सजिलो काम गाह्रो हुनेछ । विद्यार्थीहरुका लागि पढाई लेखाइमा ध्यान लगाएर पढ्नु पर्ने समय आएको छ । धर्म कर्म, आदि गर्नु पर्ने स्थिति आउला । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला व्यहोर्नुपर्ला । केही संघर्ष गर्नुपरे पनि हतास नहुनु होला, परि परि आउला र तरी तरी जाला । प्रयत्न गर्दा आउने समस्याहरु सहजै समाधान हुनेछन् । कारोबारहरु बढ्ने देखिन्छ, ध्यान पुर्बक कामहरुमा अघि बढ्नु होला । मिठो बोल्ने बानीले सबैलाई समेट्न सकिनेछ । तपाइको राशि कर्कट हो जुन चन्द्रमाको राशि हो त्यसैले चन्द्रमा सम्बन्धि देवी देवताहरु जस्तै उमा(महेस्वर, पार्वती, मनकामना, धुमावती, युमारी, दुर्गा, माहा देव आदि पुज्दा राम्रो हुने गर्दछ ।


सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रीमती तर्फबाट पनि पारिवारीक सुख बढेर आउनेछ । टाढाका आफन्तहरु, आदि भेटघाट गर्न जाने वा आउँने हुन सक्छ । घर( परिवार जनहरुबाट राम्रो(नराम्रो दुवै नतिजा आउँने देखिन्छ । जग्गा जमिन चाहिएमा, त्यस सम्बन्धि काममा हिड्न सकिएला कृषिकर्म आदि काममा मनग्गे लाभ वा त्यसलाइ नयाँ दिशा दिन सकिएला । आजको दिन महत्त्वपूर्ण हुनेछ, सफलताले नयाँ फट्को लिन सक्ने हुन्छ, त्यसैले ध्यान र लगनशिलता जरुरि देखिन्छ । तपाइको राशि सिंह हो जुन सुर्यको राशि हो त्यसैले सुर्य सम्बन्धि देवी देवताहरु जस्तै सुर्य, गायत्री, अदिति, राम, बुद्ध, सिखहरुका १० गुरुहरु, जैनहरुका २४ गुरुहरु माहावीर आदि पुज्दा राम्रो हुने गर्दछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो सहकर्मी आदिहरुको माया लाग्ला, उनीहरुको काम आदि नै आफुले गर्ने मन होला । गुरुजनको सुझाव फलदाई होला त्यसैले आफ्नै मन खुसि मात्र नगर्नु होला । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । नाति नातिना आदिलाई गर्नु पर्ने कामहरु गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्लान । खेलकुद आदिमा समावेश हुन धेरै मन हुन सक्छ । परिवारमा सबैलाई माया बाडन प्रयास गर्ने मन होला । तपाइको रासी कन्या हो जुन बुध ग्रहको राशि हो त्यसैले बुध सम्बन्धि देवी देवताहरु जस्तै श्री(कृष्ण, बुद्ध, मातंगी, सरस्वती, गायत्री आदि पुज्दा राम्रो हुने गर्दछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ नौलो परिस्थितीहरु आउला, त्यसैले अली धपेती जस्तो होला । धेरै फल आउछ भनि अरूको मुख नताक्नु होला, अरुबाट पाउने भन्दा आफ्नै मेहनतले बढी लाभ होला । खाना पकाउनु पर्ला वा मद्दत गर्नु पर्ला । धेरै बोल्दा समस्या आउन सक्छ । बिपक्षी कमजोर(बलियो जे भए पनि सन्तुलन गरि रहन आवश्यक छैन । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैंलाई गाह्रो होला । तपाइको राशि तुला हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रह सम्बन्धि देवी देवताहरु जस्तै सन्तोषी आमा, युमारी, महा(लक्ष्मी, अन्नपुर्ण, कमला आमाहरुलाई पुज्दा राम्रो हुने गर्दछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) निस्कर्स निकाली निर्णय गर्नमा ढिला होला । व्यतिको प्रभाव अलि फिका हुँदा सबलाई आर्कषण गर्न अलि मेहनत गर्नु पर्नेछ । जो कोहि पनि व्यक्ति संग खुसि होला आजको दिन र आफु नै अलि दोधारमा भइनेछ । गृहस्ती जीवन राम्रो होला । घर(परिवार(सन्तान आदिबाट लाभ देखीन्छ । कार्यक्रम आयोजनामा सहभागी हुन पाइएला । नयाँ काम वा मान्छे फेला पर्न सक्छ त्यसैले सानो ठुलो जस्तो मान्छे होस् या रोजगार होस् त्यसलाइ द्वेस नराख्नु होला । चुनौती पन्छाउँदै अघि बढ्न सजिलो हुनेछ । जे बुद्धिमा आयो त्यहि बोलि फुट्न सक्छ । तपाइको राशि मेष हो जुन मंगल ग्रहको राशि हो । त्यसैले मंगल ग्रह सम्बन्धि देवी देवताहरु जस्तै गणेश, हनुमान, बंगलामुखी, कुमार कार्तिकेय आदि पुज्दा राम्रो हुने गर्दछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) केही चुनौती देखिए पनि मन भए पुरा गर्न सक्नुहुनेछ । व्यवसायको रुपान्तरण हुने जस्तो समय छ । धेरै कुराहरुले दिमागले सोचेको काममा सफल हुनेछ तर सोचेको भन्दा अलि गाह्रो गरि मात्र सफलता आएको छ । काम आदीको कुरामा अलमल र भत्किने सक्छ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैलाई गाह्रो होला । राम्रो बोलेर सबैलाई समेट्ने प्रयास गर्नुहोला । तपाइको राशि धनु हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले बृहस्पति ग्रह सम्बन्धि देवी देवताहरु जस्तै कुल देवी, कुल देउता, नारायण, आदि ।पुज्दा राम्रो हुने गर्दछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । मन मिल्ने मान्छेहरुको साथ पाइनेछ, साथै मिलन पनि हुनेछ । मनोरञ्जनको समय छ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे आफैंलाई गाह्रो होला । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । कामको अलमल हुनेछ । केहि मित्रता स्थापित गर्न सकिनेछ तर खासै काम नलाग्लान । कमजोरीलाइ धेरै सुधारि अघि बढ्दै जान सकिनेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ, सन्तानको सहयोग लाभदायी बन्नेछ । तपाइको राशि मकर हो जुन सनी ग्रहको राशि हो त्यसैले सनी ग्रह सम्बन्धि देवी देवताहरु जस्तै काली (दक्षिण काली बाहेक), रुद्र भगवान,भैराबी,चण्डी, चामुण्डा, यम(राज, पितृ पुज्दा राम्रो हुने गर्दछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) जमिन किन्न खोज्दै हुनु हुन्छ भने राम्रो योग बनेको छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । जीवनशैलीमा परिवर्तन आउन सक्छ, अर्थात् दैनिक कामहरु बढेर आउने हुन्छ । जागिरदारहरुको लागि राम्रो काममा खट्न सकिनेछ , सहज होस् या गाह्रो होस् त्यो फरक कुरा हो । रोकिएका काम बनाउन सकिनेछ । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । कामको अलमल हुनेछ । रोजगारीबाट जिम्मेवारी बढेर आउने, आजको दिन साँस्कृतिक रुपमा महत्त्वपूर्ण हुनेछ । तपाइको राशि कुम्भ हो जुन सनी ग्रहको राशि हो त्यसैले सनी ग्रह सम्बन्धि देवी देवताहरु जस्तै काली (दक्षिण काली बाहेक), रुद्र भगवान,भैराबी,चण्डी, चामुण्डा, यम(राज, पितृ पुज्दा राम्रो हुने गर्दछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) हिम्मत आदि बढ्ने छ, सानो तिनो भमण गर्नु पर्ने होला । बिबाह आदि मंगलमय पर्व होला । घुमफिरको समय छ तर घुम्न जान पाउछ नै भनेर भन्न सकिन्न । हजुर बुवा ( हजुर आमा आदि सम्बन्धि कुराहरु बढ्ने छन् । दैनिकी अलमल हुनेछ, पूर्व तयारी भए सजिलो होला । सानो होस् या ठुलो होस् सम्मान पाउँने योग छ, मनो बल बढ्नेछ । आफुलाई मन पर्ने खेल जस्तै फुटबल, चेस, पौडी आदि हेर्न पाइएला । मन भए यात्राको फाइदा उठाउने समय छ । तपाइको राशि मिन हो जुन बृहस्पति ग्रहको राशि हो त्यसैले बृहस्पति ग्रह सम्बन्धि देवी देउताहरु जस्तै कुल देवी, कुल देउता, नारायण, आदि ।पुज्दा राम्रो हुने गर्दछ ।

सम्बन्धित खबरहरु