पदम राई, धनकुटा । धनकुटा नगरपालिका वडा नं – ३ मा तिहार आउन लागे संगै सयपत्री फूल ढकमक फुलेको देख्न पाईन्छ । यस वडामा करिव २ सय रोपनीमा सयपत्रीको फुल खेति गरिदै आएकोछ । फूल खेति विकास तथा प्रवर्ढ्ढन गर्नको लागि यश वडाका १ सय ५० जना किसानलाई २ लाख ५० हजार बराबरको उन्नत जातको फूलको बीउ वितरण गरिएको वडा अध्यक्ष विकास घिमिरेले बताए। फुलको पकेत क्षेत्रको रुपमा रहेको यश वडामा फूल खेतिको लागि ७५ प्रतिसत अनुदान वडाले उपलब्ध गराउदै आएको वडाध्यक्ष घिमिरे बताए। वडाका स्याउले, सितेन, निगाले, र कागतेमा ब्यापकरुपमा फुल खेति हुदै आएकोछ । यो सालको तिहारमा मात्र ७५ लाख भन्दा बढि को फूल किसानले बेच्ने वडाध्यक्ष विकास घिमिरेले बताए।

 

सम्बन्धित खबरहरु