काठमाडौं । तपाई अहिले कुनैं कम्पनीमा कर्मचारीको रुपमा काम गरिरहनु भएको छ । तिहार चाडपर्व नजिक आउँदा तपाईले सामान्यतया तलब भन्दा केही धेरै रकम पाउँनुहुन्छ जसलाई बोनस भन्ने गरिन्छ । तर आज हामी यस्तो जानकारी दिन जाँदैंछौं जुन कुरा थाहाँ पाउँदा तपाई उक्त कम्पनीमा भएको भए भन्ने सोच्नुहुन्छ । एउटा कम्पनीले आफ्ना ६०० कर्मचारीहरुलाई सुजुकी लगायतका महंगा ब्रान्डका कार उपहार अर्थात तिहारको बोनसस्वरुप दिएको छ ।

के तपाई पत्याउनुहुन्छ ? सायद तपाईलाई अच्चम लाग्यो होला , तर अच्चम मान्नुपर्दैन यो कुरा सत्य हो भारतको गुजरात राज्य आफैंमा विकसीत राज्य हो सिंगो भारतको महत्वपुर्ण आर्थिक हिस्सा गुजरातले ओगटेको छ । गुजरातको सुरतको यो घटना भर्खर मात्रैं बाहिर आएको छ जहाँ एकजना हिरा व्यापारी शीवाजी ढोलकियाले आफ्ना कर्मचारीहरुलाई तिहारको बोनसमा कार दिएका हुन । संसारमा अहिले यस्ता मान्छैं कमैं हुन्छन जो यत्तिसम्म खुला ह्रदय भएका हुन ।

आजको २१ औं सताब्दिमा मानिस कसरी लुट्ने र आफुलाई सर्वसक्तिमान देखाउने भन्ने होडमा छ । शीवाजी ढोलकिया गुजरातका एक सफल व्यवसायी हुन । उनको देश विदेशमा हिरा रत्नको कारोबार राम्रो छ उनको वार्षिक कमाई ९००० करोड सम्म हुने गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन । गएको बिहिवार एक कार्यक्रका बिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरिकृष्ण समुहका कर्मचारीहरुलाई कारको साँचो हस्तान्तरण गरेका छन ।

सम्बन्धित खबरहरु