काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जाँचको रिपोर्ट आएको छ । शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराईरहेका ओलीको रिपोर्ट हेरेपछि चिकित्सकहरुले समस्या जटिल नरहेको निश्कर्ष निकालेका छन् । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्‍याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । ‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गदर्छौं’ कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले भनेका छन् ।

प्रधानमन्त्री ओलीलाई रुघा, खोजी र समान्य ज्वरो आएको थियो । धेरै भीड र धुलोमा नजान चिकित्सकहरुले सुझाएका थिए । चिकित्सकै सल्लाह बमोजिम उनी पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । तर आइतबार राति एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि ओलीलाई अस्पताल नै भर्ना गरिएको थियो ।

सम्बन्धित खबरहरु