काठमाडौ । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले आफ्नो मन्त्रालय मातहतका सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा एक्सन लिने भएकी छिन् । मेलम्ची खानेपानी विकास समितिका नाममा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको विषयमा केही मिडियामा समाचार आएपछि मन्त्री मगरले प्रधानमन्त्री कार्यालय देखि जहाँ रहेको भएपनि उक्त सम्पत्ति आवश्यक भए भोगचलन गर्ने आवश्यक नभए ब्यावस्थापन गर्नेगरी कार्य गर्न गराउन मन्त्रालयलाई निर्देशन दिएकी छिन् । त्यसपछि मन्त्रालयले समाचार प्रति खानेपानी मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोजनाका गाडीहरु अन्यत्र प्रयोग भएको भन्ने समाचार आएपछि मन्त्रालयले प्रयोग भएका ती गाडीहरु फर्काउने तयारी गरेको छ ।

मन्त्रालयको सोमबार बसेको बैठकले मेलम्चीको नाममा रहेका गाडीहरु फर्काउने प्रक्रियामा मन्त्रालय अघि बढ्ने भएको छ । राजनीतिक र अन्य प्रभावका आधारमा मेलम्ची खानेपानी आयोजनाका गाडी अन्यत्र प्रयोग भएको सन्दर्भमा खानेपानी मन्त्री बीना मगरले चासो दिएकी हुन् । समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी प्रयोग भएका छन् । बा. १ झ ८९९५ को ल्याण्ड क्रुजर र बा १ झ ८७५९ नं. को प्राडो जिप प्रधानमन्त्री कार्यालयमा प्रयोग भएका हुन् भने बा ८ च ६७६० नं. को प्राडो जिप सहरी विकास मन्त्रालयमा रहेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणमा प्रयोग भईरहेको मेलम्ची आयोजनाको बा १ झ ८७६३ नं. को प्राडो गाडी र बा १ झ ५१८४ नम्बरको टोयोटा कोरोला कार समेत फिर्ता ल्याउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं. को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नं. को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया मन्त्रालयले अघि बढाउन लागेको छ । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भईरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाएकी छिन् । यो सबै खोजी गरेर ब्यावस्थापन गर्न मन्त्रालयका अधिकारीहरुलाई मन्त्रीले निर्देशन दिइसकेकी छिन् ।

सम्बन्धित खबरहरु