काठमाडौ । नवलपरासी (सुस्ता पश्चिम) र बाँकेबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी (सुस्ता पश्चिम) बर्दघाट नगरपालिका–८ भानुनगरस्थित सडकबाट सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँ बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटलाई लागूऔषध फेन्साडिल १ सय एमएलको ५० थान, ईन्ट्राभेट ४ सय ५० ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको गस्ती प्रहरी टोलीले युपी ५६ एए १८४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादव र केवटको साथमा उक्त लागूऔषध फेला परी पक्राउ गरको हो । बाँके नेपालगंज उपमहानगरपालिका –१५ स्थित जमुनाह चेक प्वाईन्टबाट दैलेख महाबु गाउँपालिका-३ बस्ने १८ वर्षीय मदन मल्ललाई लागूऔषध नाईट्रोभेट ६० ट्याब्लेट सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा खटिएको प्रहरीले भारतको रुपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका मल्ललाई शंका लागि जाँच गर्दा जिराको प्याकेटभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु