दाङ । राजपुर गाउँपालिका-५ सालझौरी बस्ने २९ वर्षीय ओमप्रकाश चौधरीको रुखको हाँगाले च्यापिएर सोमबार दिउँसो मृत्यु भएको छ । घरबाट दाउरा खोज्न जंगलतर्फ गएका उनी घरमा फर्की नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित सालझौरी सामुदायिक वनमा सालको रुखमा हाँगाले च्यापिएर मृत्यु भएको अवस्थामा उनलाई फेला पारिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता जाजरकोटको कुसे गाउँपालिका –५ खुर्पामा भे.१ ज ५५७ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा जीप चालक रुकुम चिसापानी बस्ने २१ वर्षीय कमल परियारको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी बाँके र कास्कीमा २ जना मृत अवस्थामा फेला परेका छन् । बाँके कोहलपुर नगरपालिका(१२ रोहिनी खोलापुलस्थित पूर्वपश्चिम राजमार्गमा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार बिहान मृत अवस्थामा पेला परेका छन् । कास्की माछापुच्छ्रे गाउँपालिका – २ तातोपानीस्थित सेती नदीमा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव ढुङगामा अड्किएको अवस्था मंगलबार दिउँसो फेला परेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आजै धनुषा र नवलपरासी (सुस्ता पश्चिममा) भएको छुट्टाछुट्टै आगलागीबाट करिब १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । धनुषा सबैला नगरपालिका–१३ रघुनाथपुरस्थित बरमझिया सडक बिस्तार गर्ने क्रममा ना. १ क ६१२४ नम्बरको अलकत्राको ट्याङ्करमा अलकत्रा तताउँदा बढी तातोको कारण ट्याङ्करमा मंगलबार बिहान आगलागी हुँदा ट्याङ्करको पछाडिको भाग जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

नवलपरासी (सुस्ता पश्चिम) बर्दघाट नगरपालिका-४ फलफुल चोक बस्ने राजु पाण्डेको फर्निचर उद्योगमा मंगलबार बिहान आगलागी हुँदा करिब १ करोड २० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । आगलागीबाट सोही ठाउँमा पार्किङ गरी राखेको बा।१३ च ८००६ नम्बरको कार समेत जलेर करीब ३० लाख बराबरको क्षति भएको छ । स्थानियबासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु