काठमाडौं । नेपाल प्रहरीको नेपालमा अहिले कडा आलोचना भइरहेको छ । राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको अधिकृतलाई कंगोका लागि छनोट गरेको हो । डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डले बताए ।

यसअघि नेपाल प्रहरीका दुई जना अधिकृत मात्र शानित मिसनअन्तर्गत कंगो पुगेका थिए । सन् २००१ मा रमेशचन्द्र ठकुरी र बाबुराम गुरुङ कंगो गएका थिए । १७ वर्षपछि फेरि नेपाल प्रहरीपर्यवेक्षकका रुपमा कंगोमा खटिन लागेको हो । राष्ट्रसंघले थप प्रहरीलाई कंगो पठाइने जनाएको छ । कंगो जान लागेका दुई अधिकृतको कंगोमै राष्ट्रसंघे फ्रेन्च भाषासम्बन्धी परीक्षा लनेछ । यदि परीक्षामा उनीहरु असफल भए फर्कनुपर्नेछ । पत्रपत्रिकाबाट

सम्बन्धित खबरहरु