काठमाडौ । भारतीय राजनीतिमा सरदार बल्लभभाई पटेललाई एकताको सुत्रधार मान्ने गरिएको छ । उनलाई भारतीय इतिहासमा महत्वपुर्ण स्थान दिइएको छ । भारतले गुजरात राज्यमा १८२ मिटर उचाइ भएको संसारकै सबैभन्दा अग्लो शालिक अनावरण गर्न लागेको छ। “स्टाट्यू अफ यूनिटि” अर्थात एकताको शालिक नाम दिइएको यो शालिक भारतको स्वतन्त्रता संग्रामका एकजना नायक उनैं सरदार बल्लभभाई पटेलको हो। यो चीनमा अवस्थित १२८ मिटर अग्लो स्प्रिंग टेम्पल बुद्ध नामको मूर्तिभन्दा पनि अग्लो हुनेछ।

आज सरदार वल्लभभाई पटेल को जन्मजयन्ती हो। यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात पुगेको छन । मोदी लगायत अन्य नेताहरु पनि आज केविडिया पुगेका छन । उनले त्यहाँ संसारको सबैंभन्दा अग्लो प्रतिमाको उद्घाटन गर्ने भएका छन । यसको लागि, ३० नदीको पानी शिवलिङ्गमा चढाएपछि प्रतिमा उद्घाटन हुनेछ । एकता, यमुना, सरस्वती, गोदावरी, नर्मदा, तापी, सिंधु, कावेरी, ब्रह्मपुत्र र गंगा लगायत तीस नदीको जलले प्रतिमा अनावरण गरिनेछ । एजेन्सी

सम्बन्धित खबरहरु