काठमाडौ । छातीको समस्या हट्दै गएपछि प्रधानमन्त्री केपी ओली बालुवाटार फर्किन आतुर देखिनु भएको छ । एन्टिबायोटिक औषधिको डोज सकिएपछि उहाँले आफूलाई छिटो डिस्चार्ज गर्न चिकित्सकलाई आग्रहसमेत गर्नु भएको छ । पाँच दिनदेखि सुईबाट लिइरहेको एन्टिबायोटिकको डोज सकिएपछि आजबाट उहाँले औषधि सेवन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले हिजो अस्पतालमै बोलाएर गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालाई आवश्यक निर्देशन दिनु भएको थियो।

उहाँ सोमबारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहनु भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भएको सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु