काठमाडौं । साउदी अरबको कानुन केही कडा छ यस बारेमा त जानकारी नभएका सायदैं कमैं होलान । अहिले साउदी विवादको घेरामा तानिएको छ । पश्चिमा देशहरुले साउदीको खुलेर विरोध गर्न थालेका छन । केही साता पहिले साउदीले पत्रकारको हत्या गरेको थियो । टर्कीले साउदी पत्रकार जमाल खसोग्जीको घाँटी रेटेर हत्या भएको जिकिर गरेको छ ।

टर्कीले हत्याको भिडियो र अडियो आफुहरुसँग सुरक्षित रहेको जनाउँदैं आएको छ । टर्कीले साउदी सरकारको मिलेमतोमा पत्रकारको हत्या भएको जनाएको छ । खसोग्जीको हत्या कसरी भयो भन्ने बारे विभिन्न अडकलबाजी चलिरहँदा टर्कीले वाणिज्य दूताबास प्रवेश गर्नेवित्तिकै उनको घाँटी रेटेर हत्या गरेको दाबी गरेको हो । गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा भएको खशोग्जीको हत्याबारे कयौं हप्तासम्म संचार माध्यममा आएका विभिन्न विवरणभन्दा टर्कीले फरक बयान सार्वजनिक गरेको हो ।

टर्कीले खशोग्जीको हत्या नियोजित भन्दै हत्यापश्चात उनको शव टुक्रा–टुक्रा पारेर नष्ट गरेको पनि दाबी गरेको छ । यद्यपी टर्कीले आफ्नो दाबीको समर्थनमा कुनै पनि सबूत भने पेश गर्न सकेको छैन । साउदी अरबले पनि टर्कीको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । खशोग्जीको हत्यामा साउदी अरबको शाही परिवार संलग्न भएको आरोप लाग्दै आएको छ । साउदी सरकारले यो आरोपको खण्डन गर्दै आएको छ । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले गतहप्ता साउदी युवराज मोहम्मद बिन सलमानसँग घटनाका सम्बन्धमा कुराकानी गरेका थिए । एजेन्सी

सम्बन्धित खबरहरु