काठमाडौ । नेपाली चलचित्रका महानायक राजेश हमाल परिवारमा डाक्टरले घेरिएका छन् । यो तिहारमा नायक हमाल डाक्टर दिदीबहिनीबाट घेरिने खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ । हमालकी दिदी रीता बच्चाको डाक्टर हुन् ।

उनकी अर्की दिदी रेखा गाइनोलोजिस्ट हुन् । उनकी बहिनी रुपा दाँतको डाक्टर हुन् । राजेकी दिदी रीता ओम नर्सिङ होम, चावहिलमा कार्यरतछिन्। अर्की दिदी रेखा अमेरिकामा छिन् । बहिनी रुपा पनि अमेरिकामै छिन् । उनीहरु उतै चिकित्सा क्षेत्रमा क्रियाशील छन् । ‘उनीहरु सबै डाक्टर ‘टर’ त म पनि ‘टर’ नै हा । तर, ‘एक्टर’ । भाग्यवस कन्डक्टर भइँन,’ राजेशले हाँस्दै भने ।

सम्बन्धित खबरहरु