(मनुस्मृति)                                                                                                                              उपाध्यायान्दशा आचार्य आचार्याणां शतं पिता।                                                                             सहस्त्रंतु पितृ माता गौरवेणा तिरिच्यते।।

अर्थात ठूलोमा दश उपाध्यायहरू भन्दा एक आचार्य, सय जना आचार्यहरूमा एक पिता, हजार पिताहरूमा एक आमा महान् छिन्। भनेर हाम्रा धर्मशास्त्रहरूले भन्दै र मान्दै आएका छन्। बैदिक कालका “आमा” हरूको सर्न्दर्भमा विस्तृत प्रकाश पार्न छुट्टै लेखको आवश्यकता पर्दछ। तर यो लेखमा “आमा” को गरिमामय उच्च स्थानको सड्ढेत मात्र गर्न खोजिएको छ। सर्वप्रथम “आमा” शव्दको छोटो परिचय दिनु पनि असान्दर्भिक हुने छैन। “आमा” भन्ने वित्तिकै आमाको अर्थ नबुझ्ने नेपाली पाउन गाह्रो छ। तर पनि “आमा” लाई संस्कृत भाषामा “माता” भने जस्तै हाम्रा नेपाली विभिन्न भाषाभाषीले फरक फरक नाम नामेसीबाट पहिचान पनि गर्दछन्। तथापी “आमा” भनेपछि हामी नेपालीको साझा सर्म्पर्क भाषा नै नेपाली भएकोले “आमा” शब्द नबुझ्ने नेपाली छंदैछैनन् भन्न सकिन्छ। आमाको सर्न्दर्भमा भन्नुपर्दा “माता” भनेर संस्कृत भाषामा “म” बाट भए जस्तै अंग्रेजीमा पनि भनेर मबाटै हुन्छ। त्यस्तै “मम्मी” भनेर पनि “म” बाटै हुन्छ। त्यस्तै गुरु· भाषामा पनि “मोम” भनेर “म” बाटै हुन्छ। अन्य धेरै भाषामा “म” कै अक्षरबाट जस्तै हिन्दीमा “मा“” नै भन्ने प्रशस्त चलन चल्ती छ। यसरी “आमा” भन्ने शव्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्माननीय छ। गरिमा भनेको गौरव तथा महत्त्व हो।

आमा हुनुपूर्व छोरीको रूपमा जन्म लिन्छिन्। छोरीको रूपमा रहँदा बस्दा “आमा” कै काखमा बसेर बुवासँगको लाड प्यारमा असीमित माया ममताभित्र आदर सम्मान प्रदान गर्दै दाजुभाइको समेत स्नेह र प्रेमको वातावरणमा रहेर बावु आमाको साथमा हुर्कर्दै र मौलाउँदै व्यवहारिक शिक्षा ग्रहण गर्दछिन्। यो अवस्था भनेको १४/१५ वर्षसम्मको उमेर हुन्छ। यो अवधिमा २ अवस्था पार गर्दा छोरी र दिदी (बहिनी) को कार्यभार एवं कर्तव्यलाई निभाएकी हुन्छिन्। “घर नै पाठ्यशाला हो” भन्ने भनाई साकार पार्दै आफ्नो घरमा पनि अनुशासन एवं कर्तव्य पालनाको पाठ सिकेकी हुन्छिन्। साथै स्कुल तथा क्याम्पसको पर्ढाईमा पनि अहिलेका छोरीहरू व्यस्त रहेका हुन्छन्। अनि क्याम्पसमा पनि छात्र छात्रामा प्रतिस्पर्धामा परेका हुन्छन्।

आफ्नो २०/२२ वर्षे नौ जवानीको यात्रा शुरु हुँदा वैवाहिक सम्बन्धको चर्चा परिचर्चाले सताउन थाल्दछ। यो उमेर अति नै चञ्चल एवं तनावग्रस्त पनि हुन्छन्। छोरीको यो उमेरमा बावु आमा पनि त्यतिनै चिन्तित हुन पुग्दछन्। हाम्रो समाजले प्रेम विवाहलाई अझै मान्यता प्रदान गरेको छैन। तर पश्चिमी समाजमा भने त्यहाँको विकसित सभ्यताले भनौं अथवा ऐन कानुनले पनि युवा युवतीको उमेर पुगेपछि बावु आमा संग पनि संगै नबस्ने छुट प्रदान गरि सकेका हुनाले प्रेम विवाह लाई नै स्वीकारेका छन्। तथापी ती मुलुकमा पनि युवा युवतीमा पूर्ण सन्तोष भने देखिएको छैन। किनभने प्रेम विवाहमा पनि पटक-पटक छोडपत्र द्धारा फेर बदर भै रहेको छ। यस्तो पारिवारिक जीवन पूर्ण सन्तोषमा हुन्छ भन्न सकिँदैन। तर पनि यो अन्य देशको कुरा आफ्नै ठाउँमा। हाम्रो देशमा भर्खर भर्खर शहरिया जीवनमा प्रवेश गरेर केही शिक्षा हाँसिल गरेका युवा युवतीमा प्रेम विवाहको शुरुवात भएपनि नेपाली समाजले पूर्ण रूपमा स्वीकार गरि सकेको छ भन्न सकिंदैन। अको देशको देखासिकीबाट मात्र अपनाईएको हुनाले पनि यो जनमानसको हृृदयबाटै स्वीकार्य हुन र सहर्ष ग्रहण गर्न नसकेपनि केही समयपछि विस्तार-विस्तार यो प्रेम विवाह पनि स्वीकार्य न होला भन्न सकिंदैन। समय लाग्नु स्वभाविक हो। तर यो लेखको विषय यो हैन। तथापी सर्न्दर्भले गर्दा यो कुरा उठेको मात्र हो।

यसको सर्न्दर्भ नै “आमा” हो र आमाको विषयमा लेख्नु पनि सजिलो छैन। “आमा” शव्दले संसार भरिकै आमाको कुरा आउँछ र आमाको गरिमामा यो संसार ज्यादै विशाल एवं विस्तृत छ। आमाको कार्य क्षेत्र जति विशाल र विस्तृत छ। त्यति नै महत्वपूर्ण र त्यति नै उच्च छ। वास्तविक भन्ने हो भने आमा सगरमाथा भन्दा अग्लि छन्। पृथ्वीभन्दा महान र विशाल छन् तर त्यस्तै ढुंगा माटो जस्तै कठिन तथा कठोर छैनन्। समुन्द्र भन्दा गहिरी छन्। तर न भेटिने हैनन्। आमा इश्वरकी पनि आमा हुन्। आमा मायाको पोको हुन्। हृदयकी खानी हुन्। धैर्यताकी प्रतिमूर्ति हुन्। सहनशीलताकी पनि खानी हुन्। आमाको महिमा जति गाए पनि पुग्दैन किनभने आमाको उपमा नै छैन। त्यसैले प|mान्सका राष्ट्रपति बोनापार्टले भनेका छन्- “मलाई असल आमा देउ, असल आमाबाटै असल नागरिक हुन्छन्” आमाको महिमा हरेक राष्ट्र र देशको अभिमतमा पनि महत्वपूर्ण भनाईहरू पाइन्छन्। तर आमा पनि आमा हुनुपर्छ र असलै आमाबाट आमाका कर्तव्य तथा दायित्व पूरा हुन्छन्। अनि उनी सम्माननीय पुज्य एवं गौरवपूर्ण उच्च स्थानमा रहन्छिन्। “आमा” को क्षेत्राधिकार विशाल एवं विराट छ, तर त्यसमध्ये बच्चा गर्भमा बसेदेखि बच्चाको करिब ९ महिनासम्मको जीवनको प्रतिरक्षात्मक क्रियाकलापदेखि उक्त अवधिमा बच्चामा पर्ने प्रभाव तथा प्रावधानको जिम्मा आमामा नै निहित रहन्छ जो अति नै महत्वपूर्ण र संवेदनशील हुन्छ। किनभने हाम्रा धर्मशास्त्रनुसार भन्ने हो भने बच्चाले आमाको गर्भमा छँदा पनि शिक्षा ग्रहण गर्दछन्। उदाहरणका लागि महाभारतमा अर्जुनको छोरा अभिमन्युले आमाको गर्भमा छँदा शिक्षा ग्रहण गरेका थिए। हाम्रा आध्यात्मिक ऋषिहरू मध्येका महान ऋषि अष्टावक्रले पनि आमाको गर्भमा छँदा शिक्षा गं्रहण गर्नु भएको हो भन्ने ग्रन्थहरूमा उल्लेख छ। त्यस्तै वामदेव ऋषिले पनि आमाको गर्भमा नै रहँदा सबै देवहरूको सबै जन्मको क्रम जानेका थिए भनिएको छ। आमाले बच्चा गर्भमा भएको बेला असल आचरण गर्ने र धर्म ग्रन्धहरू पढ्ने र सुन्ने गर्दा राम्रो हुन्छ भन्ने हाम्रो सांस्कृतिक परम्परा छ तथापी बच्चा पेटमा छँदाका दुःख दर्दको पीडा भने आमालाई मात्र हुन्छ। त्यो मर्म बेदना हामी पुरुष जातिलाई अवश्य हुंदैन भन्ने मेरो धारणा छ। किनभने मेरी आमा करिव ९३ वर्ष बा“चेर स्वगेलोक हुनुभयो। बर्खि बारेर बसेको अवधिमा “आमा” बाट वियोग हुनु परेको मर्म एवं व्यथाको बेदनामा कलम चलाएर कविताको रूपमा “शोक काव्य” तयार पारेर प्रकाशित गरेकाले -वाषिर्क) अन्तेष्टिको दिन वितरण गरेको सो कितावको श्लोक ६३ र ६४ साभार गर्ने अनुमति माग्दछु।

जन्मेको जुन दर्द हो अझ सबै                                                                                                              मैले त विर्सिसकें।                                                                                                               आमाले अझ दुःख भोग्नु कतिभो भन्नै म के सक्तथें।                                                                             बच्चा पाउनु नै असह्य छ कुरो जान्नै म के सक्छु र।।                                                             आमाले पनि भन्न सक्नु सहसा                                                                                                के सम्भवै यो छ र।।

(६४)

यै नै गूढ रहस्यहो हजुरको आभार छु है संधै।                                                                                              यो नै हो मत भन्छु जन्म जननी भन्दा महान् छैन क्यै।।                                                              यस्तो क्यै छ भने उही छ भगवान् पाउँ कहाँ त्यो त ख्यै                                                               भक्ति प्रेम न भावना छ म संगै                                                                                                  कैले म देखुँ र ख्यैं।।

यस्तै “मातृ वियोग” का सम्बन्धमा डा. रविलाल अधिकारी ज्यूले पनि “आ“शुको अ“जुली” भन्ने शोक काव्य लेखेर “आमा” को गरिमालाई प्रकाशमा ल्याउनु भएको छ। कवि भीमनिधी तिवारीको “दागवत्ति” कविता पनि यस्तै सर्न्दर्भको हो। भन्न खोजेको के भने “आमा” को बारेमा विश्व साहित्य जगतमा हेर्ने हो भने आमाको सर्न्दर्भमा लेख्ने सवुतहरू धेरै छन्। यसै सिलसिलामा “आमा” को गौरवपूर्ण सम्मान एवं महत्वलाई दिगो राख्नका लागि हाम्रो देशमा छोरा छोरीले “आमाको मुख हेर्ने” भनी बैशाखको औंशीमा आमालाई फलफूल एवं मिर्ठाई र उपहार समेत प्रदान गरेर आदरपूर्वक सम्मान र माया प्रेमले आलि·न गरी मुख हेर्ने र स्र्वर्गवास भै सकेकी आमालाई सिधा दान गरी सम्झना गरेर आदरभाव प्रकट गर्ने परम्परा चलि आएको छ। त्यस्तै विश्वका हरेक राष्ट्रमा आ-आफ्नै तरिकाबाट “आमा” प्रतिको गरिमालाई महत्व प्रदान गरिएको छ। अमेरिकामा पनि “मदर्स डे” भनेर ज्यादै महत्वपूर्ण तरिकाले ठूला-ठूला साहु महाजनहरूले त्यस दिन आफ्नो व्यापारका सामानहरूमा आधामोल घटाएर बिक्री गरी र मिर्ठाई बा“डेर मान्ने चलन पनि छ। यै दिनलाई “अन्तर्राष्ट्रिय मातृ दिवस” का रूपमा मनाउन अमेरिकाकै सुश्री अन्ना मेरीले कडा परिश्रम गरेर “मेको दोश्रो आइतबारका दिन” आमाहरूको सम्झनामा “मदर्स डे” मनाउने परम्परा विश्वमा नै चलाएर र सुश्री अन्ना अमर बनेकी छन्।

अतः “आमा” को गरिमामय सर्न्दर्भमा प्रकाश पार्दा हाम्रा धर्म ग्रन्थहरूको चर्चालाई केही उठान नगर्दा पनि अधुरो हुने कुरा स्वतः सिद्ध छ। किनभने हाम्रो आध्यात्मिक ग्रन्थ जस्तै रामायणमा पनि रामचन्द्र भगवानले भाई लक्ष्मणसँग भन्नु हुन्छ “अपि स्वर्णयी लंका न मे लक्ष्मण रोचते। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।।” अर्थात् हे ∕ लक्ष्मण सुनैसुनले भरिएको भएपनि मलाई लड्ढा राज्य चाहिंदैन। जन्म दिने आमा र मातृभूमि स्र्वर्गभन्दा पनि ठूला छन्। भनेर “आमा” लाई ज्यादै नै महत्व प्रदान गरिएको छ। साथै जन्मभूमिको पनि कदर गरिएको छ। आफू जन्मेको भूमि मानै “आमा” को खानपिन हुन्छ, जहाँ आफ्नो वाल्यकाल वितेको हुन्छ। यस्ता ग्रन्थहरू खोतल्ने हो भने हाम्रा हिन्दू ग्रन्थहरू धेरै भेटिन्छन्। तर पनि यहाँ यो छोटो लेखमा यो सम्भव नभएकोले “आमा” को सर्न्दर्भमा भन्नुपर्दा “आमा” पनि धेरै किसिमका हुन् सक्दछन्। तर पनि यहाँ त्यो सम्भव छैन। किन भने यहाँ लेख्न खोजिएको पनि हैन।

कुन आमा कस्ती छन् भन्ने जानकारी लिनको लागि आमाहरूको विशाल र विस्तृत सभेक्षण गरेर त्यसैका आधारमा मात्र हुन सक्दछ। तापनि यो लेखमा त्यस्तो उद्देश्य नभएर केवल आमाको बच्चा प्रतिकै स्नेह एवं माया ममता लगायत लालन पालनको अतिरिक्त बच्चा प्रतिको कर्तव्यका आधारमा मात्र केही आमाको उपमा दिन खोजेको छु। हुन त म कुनै बाल विशेषज्ञ होइन एउटा अध्ययनशील पूर्व प्रशासक हुं। जसले केही सर्न्दर्भ सामाग्रीकै आधारमा प्रस्तुत लेख तैयार पारेको छु। आफ्नो बच्चालाई मात्रै ज्यादै माया गर्ने र बच्चाको लालन पालनमा व्यस्त रहने बच्चाको हर कुरामा अति माया ममता एवं अथाह प्यारमा रहेर बच्चामा नै व्यस्त रहने “आमा”हरू पनि त्यति ठिक नहुन सक्दछन्। किनभने बच्चालाई पनि आत्म विकास गर्न दिएर सन्तुलित लालन पालन गर्दा नै बच्चाको साथीका रूपमा आमा बेस हुन सक्दछिन् अको शिक्षा दिक्षा दिने र नैतिक आचारणमा अग्रसर गराउने “आमा”लाई पनि अझ वेस भन्न सकिन्छ। अनि बच्चालाई आत्मनिर्भर गराउने “आमा”लाई उन्नत एवं अझ राम्रो मान्न सकिन्छ। यसरी मान्दा चार थरी आमा देखिए। उक्त भनाईलाई शब्दमा भन्ने हो लालनपालन मात्र प्यारो गर्ने साधारण आमा, साथीको रूपमा साथी हुने आमा वेस आमा, अनि विश्वासमा पार्ने आमा विश्वासी आमा उत्तम आमा र आत्मनिर्भर गराउने आमा अति उत्तम आमा हुन्। “आमा” हरूको पनि विशेष परिस्थिति अनुकुल घर व्यवहार गर्नुपर्ने हुन्छ। सिद्धान्त मात्रले पनि व्यवहारिकतामा उतार्न अवश्य कठिन हुन्छ। जेहोस् “आमा” को गरिमा उच्च छ। – खेमनाथ शर्मा पौडेल

सम्बन्धित खबरहरु