काठमाडौ । नेपाल प्रहरीले अर्घाखाँचीमा नग्न अवस्थामा खोलामा नुहाइरहेका ४० भन्दा बढी विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। अर्घाखाँचीको बुङ्ची खोला बगरमा २५ राष्ट्रका ४० बढी नागरिकले उच्छृखल गतिविवि गरिरहेको जानकारीपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेको हो। उनका अनुसार आफूहरुलाई र्‍याम्बो टुगेदर ग्रुपका सदस्य बताउने उनीहरुले बगर किनारको निजी जग्गामा टेन्ट हालेर बसेका छन्।

प्रहरी निरीक्षक परियारका अनुसार उनीहरु विभिन्न देशका भएका कारण भाषामा समेत समस्या भइरहेको छ। ‘अस्वभाविक गतिविधि गरिरहेका विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’ उनले भनेका छन् । शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा विदेशी नागरिकहरुको समुहले अनुमति लिन नगरपालिकामा निवेदन दिएका थिए। नगरपालिकाले यसप्रकारको कार्यक्रमको अनुमति जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको मेयर सूर्यप्रसाद अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार विदेशी नागरिकको यो समूहसँग सरकारी निकायले दिएको अनुमति छैन। उनीहरु सामुहिक नग्नता खोज्दै नेपाल आइपुगेको बुझिएको छ ।

सम्बन्धित खबरहरु