एजेन्सी । ब्राजिलका चर्चित एवं लोकप्रिय खेलाडी नेयमारलाई ६ वर्ष जेल सजाय हुन सक्ने बताईएको छ । सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तरणको बेला घोखाघडी र भ्रष्टाचारको आरोपमा नेयमारलाई शो सजाय हुन सक्ने एक स्पेनिस न्यायाधीशले बताएका हुन् । ब्राजिलियन इन्भेस्टमेन्ट फर्म डिआईएसले उक्त सम्झौताबिरुद्ध उजुरी हालेपछि उनी कानुनी झमेला पर्ने भएको हो । कम्पनीका अनुसार सम्झौताको वास्तविक रकम गैरकानूनी रुपमा लुकाइएको कारण आफूहरुले कम रकम पाएको बताएको छ ।

स्पेनमा २ वर्ष वा सोभन्दा कम सजायमा जेल जान पर्दैन तर नेयमारबिरुद्ध सोभन्दा बढी जेल सजाय माग गरिएको छ । नेयमारमात्र होईन उनको आमाबाबु, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र पूर्व अध्यक्ष सान्ड्रो रसलबिरुद्ध पनि मुद्धा लागेको छ । स्मरण रहोस यही मुद्धाको कारण यसअघि सन् २०१४ मा रसलले क्लबको अध्यक्ष पदबाट राजीनामा दिनु परेको थियो ।

जानकारीका अनुसार ८.६२ करोड युरोमा नेयमार बार्सिलोना आए पनि त्यतिबेला क्लबले करिब ४ करोडमा उक्त सम्झौता भएको जानकारी दिएको थियो । यसबारेमा नेयमारले आफनो आधिकारीक धारण पेश गरेका छैनन् । नेयमार सन् २०१७ मा विश्वकै महङ्गो खेलाडी बन्दै २० करोड पाउण्डमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनसँग आबद्ध भएका थिए ।

सम्बन्धित खबरहरु