वि.सं. २०७५ कार्तिक १७ गते शनिबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे, कार्तिक कृष्णपक्षको एकादशी तिथि, मध्यरात्रीपछि ०२:५० बजेसम्म, त्यसपछि द्वादशी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, मध्यरात्रीपूर्व ११:१५ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, मध्यरात्रीपछि ०४:५४ बजेसम्म, त्यसपछि कन्या राशिमा, ब्रह्म योग, बिहान ०७:३० बजेसम्म, त्यसपछि ऐन्द्र योग, बब करण, साँझ ०३:५३ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, आजको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने रमा एकादशी व्रत

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : त्रिपुष्कर योग बिहानको राती ०२ बजेर ४७ मिनेटदेखि राती १० बजेर ०२ मिनेटसम्म, वैष्णवहरूले लिने रमा एकादशी व्रत, गोवत्स द्वादशी, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने, कलशचक्र, १९ गते : सोमप्रदोष व्रत, यमपञ्चक प्रारम्भ, काग तिहार, काकबलि, यम दीपदान, धन त्रयोदशी (धनतेरस), धन्वन्तरी जयन्ती, मूहुर्त : अन्नप्राशन(पास्नी), २० गते : नरक चतुर्दशी, कुकुर तिहार, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने दिन, स्वन्तिचह्रे पूजा,

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । फाइदा हुने काम प्राप्त हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । श्रमको मूल्यांकन होला । प्रतिस्पर्धीहरूले हार खानेछन् । जीवनशैलीमा परिवर्तन आउन सक्छ । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । पढाइमा प्रगति हुनेछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – जागिरदारहरुको लागि राम्रो काममा खट्न सकिनेछ । सहज होस् या गाह्रो होस् त्यो छुट्टै कुरा हो । रोकिएका काम बनाउन सकिनेछ । परिस्थितिवस चिताएको काम विलम्ब हुनेछ । कामको अलमल हुनेछ । रोजगारीबाट जिम्मेवारी बढेर आउने । आजको दिन सास्कृतिक रुपमा महत्त्वपूर्ण हुने छ । जमिन किन्न खोज्दै हुनु हुन्छ भने पाउने योग बनेको छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । जीवनशैलीमा परिवर्तन आउन सक्छ, अर्थात् दैनिकी कामहरु बढेर आउने हुन्छ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बिबाह आदि मंगलमय पर्व होला । घुमफिरको समय छ तर घुम्न जान पाउछ नै भनेर भन्न सकिन्न । हजुर बुवा, हजुर आमा आदि सम्बन्धि कुराहरु बढ्ने छन् । दैनिकी अलमल हुनेछ । पूर्व तयारी भए सजिलो होला तपाइलाई । सानो होस् या ठुलो होस् सम्मान पाउने छ । मनोबल बढ्नेछ । आफुलाई मन पर्ने खेल जस्तै फुटबल, चेस, पौडी आदि हेर्न पाइएला । मन भएको ठाँउको यात्राको फाइदा उठाउने समय छ । हिम्मत आदि बढ्ने छ । सानो तिनो भ्रमण गर्नु पर्ने होला । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले तपाईले बुद्धलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नयाँ सर सामानहरु पाउला । प्रतिस्पर्धीहरूले हार खानेछन् । महिलाहरुको लागि खुसीको समय भन्नु पर्ला, खोजेको पाईएला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । पूजीको वृद्धि होला । अकस्मात धन लाभको समय छ । अलि मेहनत गर्नु परे पनि अन्तमा खुसिनै महसुस होला । भान्छामा काम धेरै बढेर जाला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले तपाईले चन्द्रमालाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । अरुले त्यतिकै फसाउन सक्छन् । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । अरुको बुद्धिको भर बाट भन्दा पनि आफ्नो बुद्धि चलाउनु पर्ला । पति पत्नी मिलेर राम्रो संग अघि बदन सकिएला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गाह्रो होला । फाइदा फाइदा भन्दै पछि त्यतिकै खर्च हुन सक्छ । प्रेम र मित्रताहरु बढ्नेछ । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले तपाईले सुर्यलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आवश्यक बस्तुहरुको खरिद आदि गरि घर तिर ल्याई व्यवस्थित गर्न सकिएला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । श्रमको मूल्यांकन होला । सहयोग गर्नेहरू भेटिनेछन् । आर्थिक लाभ हुने काम थालनी हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । बिस्तारै फाइदा उठाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले तपाईले बुद्धलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दाइ दिदि आदिको सेवा गर्ने अवसर प्राप्त होला । अलि कति रमाइलो वा खुसियाली जस्तो बढ्ने । प्रगतिशील विचार आउने छ । रोजगारीको काम बढेर जान सक्ला । कसैको मद्दतको जसुरत होला । जसको पनि सहजै साथ पाईएला । अरु मान्छे संग मिलि गर्नु पर्ने काम आउला । यदि सम्मानको अरु सामु पेस आए काम बन्ला नभए अलि गाह्रो हुन सक्ला । रोकिएका काम बनाउन सकिनेछ । बिस्तारै फाइदा उठाउन सकिनेछ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मेहनत गर्दा मात्र अलि बढी सफल होला । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । वाहन, मोटर, कार आदि किन्ने जस्तो कुरो आउन सक्ला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । अरुले त्यतिकै फसाउन सक्छन् । रमाइलो जमघट हुने जस्तो बातावरण देखिन्छ तर सबैमा सामेल आदि हुन नपौन सक्ला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । बिबिध संघ संस्थामा जान आउन पाउला । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मनले चिताएको कुराहरु पुग्नेछ । सानो होस् या ठुलो होस् केहि सम्मान भने अबश्य पाउने छ । मन कता कता भएको हुनाले मनोबल अलि कम जस्तो होला । भाइ बहिनिको साथमा कमि आउला । जुन् कुरा पैला देखि सोचिरहेको थियो त्यो पुरा होला जस्तो हुने । ठुलो उत्सब समारोहमा खट्नु पर्ने हुन सक्छ । शिक्षा पढाई लेखाइमा शुभ देखिन्छ । रमाइलो र मंगलमय यात्रा हुन सक्छ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मेहनत गर्दा मात्र अलि बढी सफल होला । जिम्मेवारी बढिरहनेछन् । अतिथिको आगमनको संकेत आउला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । पढाइमा प्रगति हुनेछ । गुरुजन वा जान्ने बुझ्नेको को सुझाव फलदायी होला । अवसरको खोजीमा भौतारिनु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । कामको अलमल हुनेछ । केही संघर्ष गर्नुपर्ला । काम बन्ने छ । प्रियजनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – भबिष्यमा घुम्न जाने वा रमाइलो गर्ने आदि बारे कुराकानी बन्ला । सोचेको जस्तै दाम्पत्य जीवन राम्रो हुनेछ । कार्यक्रम आयोजनामा सहभागी हुन पाउला । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । रमाइलो जमघट हुने देखिन्छ । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । बिन्दास रुपले दिन कट्ने छ । जो संग पनि काम गर्न रुचि होला । व्यक्तित्वमा आकर्षण ल्याउनेछ । मित्रता स्थापित गर्न सकिनेछ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – स्वास्थ्य प्रतिकूल बन्न सक्छ । रोकिएका काम बनाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । काममा प्रियजनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । मनोरञ्जनको समय छ । फाइदा उठाउने समय छ । व्यक्तित्वमा आकर्षण ल्याउनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । रोकिएका काम बन्ने छ । नयाँ काम प्रारम्भ गर्ने समय छ । ठूलो आवश्यकता पूरा हुनेछ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सम्बन्धित खबरहरु