पदम राई, धनकुटा । धनकुटा सागुरिगढि – ७ का किसानहरु व्यवसायिक उखु खेति तर्फ आकर्षित भएका छन । धान खेति गर्न छाडेर एक हेक्टर क्षत्रफल भन्दा बढि खेतबारीमा उखु खेति विस्तार गरिएको छ। यहाँ बाट वार्षिक १५ लाख भन्दा बढि मूल्य बराबरको उखुको लाक्रा धनकुटाको हटिय बजार , धरान , इटहरी मा बिक्रि गर्ने गरिएको किसान भिमकुमारी राईले बताए ।

अहिले उखु प्रति लाक्रा २५ रुपैया देखि ३५ रुपैया सम्म मा खरिद बिक्रि भईरहेको किसान मनबहादुर लिम्बुले बताए । एक जना किसानले मात्र ६ हजार देखि १२ हजार सम्म उखुको लाक्रा उत्पादन गर्ने गरेका छन । यहाँ उत्पादित उखु बुधबारे हटिय र यात्र गर्ने यात्रुहरु बेच्नको लागि स्थनिय व्यापरीहरुले आधा जति उखु ठेक्का लिने गरेको किसान देबेन्द्र लिम्बुले बताए । बाकि रहेको उखु जुस मिललाई बेच्ने गरिएको छ। लेउति खोलाको पर्याप्त सिचाईको सुविधा ले गर्दा उखु खेति तर्फ किसानहरु आकर्षित भएका हुन । तर बेला बेलामा उुखुको टुप्पो मा कालो रोग लागेर किसानहरुलाई सताउने गरेकोछ । उखु रोपेपछि ३ बर्ष सम्म आम्दामी दिने किसान लोकेन्द्र लिम्बुले जानकारी दिनु भयो । उखु रोपे पछि ११ महिना मात्र खान योग्य हुन्छ ।

उखु रोपे महिना पिछे मल जल , माटो दिनु पर्छ । उखु खेति को लागि स्थानिय तह र सरकारले आर्थिक सहयोग गर्नु पर्ने माग समेत राखेका छन । किसानहरुले उखु खेति बाहेक तरकारी खेति र फुल खेति समेत गर्दै आएका छन । यहाका किसानहरुले बर्षेनी आलु र टमाटर करिब १ टन सम्म उत्पादन गर्ने गरेका छन । तिहार तथा अन्य चाड पर्वको लागि व्यापक मात्रमा किसानहरुले सयपत्रीको फुल खेति समेत गर्दै आएका छन ।

सम्बन्धित खबरहरु