काठमाडौ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. का अध्यक्ष उद्धव पौडेलको अध्यक्षतामा बसेको हस्पिटल संचालक समितिको बैठकले अस्पताललाई थप विश्वासनीय बनाउने निर्णयहरु गरेको छ । ॐ हस्पिटलमा DM र :MCH अध्ययन सम्पन्न गरि विशेषज्ञता हासिल गरेका युवा र दक्ष चिकित्सकको आकर्षण बढाउन, तिनलाई प्रोत्साहित गर्न र हस्पिटलले प्रवाह गर्ने स्वास्थ्य सेवालाई आधुनिक, प्रभावकारी र प्रविधि मैत्री बनाउन “ॐ हस्पिटल चिकित्सक कार्यविधि २०७५” कार्यान्वयनमा ल्याइएको छ ।

यस कार्यविधि अनुसार अब हस्पिटलले विश्वका अधिकांश देशले अभ्यास गरे सरह ७० वर्ष उमेर पुगेका चिकित्सकलाई सेवामा प्रवेश नदिने तथा हस्पिटलमा कार्यरत चिकित्सकलाई ७३ वर्ष उमेर पुगेको अवस्थामा अनिवार्य अवकाशको व्यवस्था गरिएको छ । ॐ हस्पिटलको सेवा विस्तार गर्ने क्रममा हाल हस्पिटल रहेको भवन संगैको आफ्नै जग्गामा १० तले सुविधा सम्पन्न, अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त, अपांग मैत्री एवं हेलिप्याड सुविधा सहितको भवन निर्माण गर्ने निर्णय गरिएको छ । हस्पिटललाई उच्च प्रविधियुक्त बनाउँदै लैजाने क्रममा आगामी तिन महिना भित्र संचालनमा ल्याउने गरी MRI / Cath Lab जडान गर्ने प्रकृया प्रारम्भ गरिएको छ ।

सम्बन्धित खबरहरु