काठमाडौ/तस्विर दिपिका प्रसाईको फेसबुकबाट । एश्वर्य फिल्मबाट एकसाथ आफनो फिल्मी करियर सुरुवात गरेका जोडी हुन् नायिका दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई । दिवाकरले नै दिपिकालाई फिल्मलाईन ल्याएका हुन् । फिल्मको रिलिजसंगै उनीहरुको प्रेमको चर्चा चलेको थियो तर दुबैले त्यतीबेला अस्वीकार गरेका थिए त्यो पनि फेसबुकमा स्टाटस नै राखेर । तर एकाएक केही दिन अघि उनीहरुले सबैलाई छक खुवाउँदै इन्गेज्मेण्ट गरे ।

उनीहरुले आफुहरु ४ बर्ष अगाडीदेखि प्रेममा रहेको बताएका छन् । एश्वर्य लगत्तै कोर्ट म्यारिजसमेत गरिसकेका यो जोडी यतिबेला थाइल्याण्ड ट्रिपमा रहेका छन् । जहाँ उनीहरुले निकै रमाईलो गरिरहेका छन् । यसलाई धेरैले उनीहरुको हनिमुन मानेका छन् । उता खासमा यो अवसर उनीहरुलाई एउटा विज्ञापनले जुराएको हो । दीपिका एउटा विज्ञापनको छयांकनको क्रममा थाइल्याण्ड जाने क्रममा साथमा दीवाकर पनि गएको बुझिएको छ । उनीहरुले यतिबेला रमाईलो गरिरहेको र प्रेमलापमा रहेको तस्बिरहरु सेयर गरिरहेका छन् । जे होस पहिले सम्बन्ध लुकाएका उनीहरु यतिबेला स्वतन्त्र पंक्षी बनेर प्रेममा डुबुल्की मारिरहेका छन् ।

सम्बन्धित खबरहरु