दमौली । वेदव्यासको जन्मभूमि दमौलीलाई विश्व माझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा कार्तिक २ गतेदेखि विश्व ओमकार तथा हिन्दु महामिलन पर्व जारी छ । तनहुँको दमौलीमा जारी विश्व ओमकार तथा हिन्दु महामिलन पर्वमा कल्याणी माताको आगमन भएको छ । महामिलन पर्व कात्तिक ३० गतेसम्म चल्नेछ ।

पर्वको उद्घाटन गर्दै विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले सनातन हिन्दु धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए । विभिन्न प्रलोभन दिएर धर्म परिवर्तन गराउने प्रयास भइरहेका उल्लेख गर्दै उनले धर्मको रक्षाका लागि सबै हिन्दु लाग्नुपर्ने बताए ।

अध्यक्ष अधिकारीले वेदव्यासभूमिलाई हिन्दुको मूल थलो घोषणा गर्ने अभियानमा यो पर्वले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सबै धर्मको मूल सार मानव कल्याण नै रहेको बताए । गण्डकी प्रदेशसभा सदस्य डोवाटे विकले धार्मिक सांस्कृतिक पहिचान राख्न र वेदव्यासभूमिलाई पहिचान गराउनमा यो कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबरहरु