काठमाडौ । वरिष्ठ मानवअधिकारवादी वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । तुलाधरको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको परिवारले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि तुलाधरलार्इ कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पताल लगिएको थियो । तुलाधर स्थापित मानवअधिकारकर्मी समेत हुन ।

तुलाधर ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन’ समितिको संयोजक थिए । समितिमा एमाले सचिव पृथ्वीसब्बा गुुरुङ, एमाओवादी सचिव वर्षमान पुन, कांग्रेस नेता इन्द्रबहादुर राई, माओवादी सचिव देवप्रसाद गुरुङ, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतलाई सदस्य राखिएको थियो । जनजाति आन्दोलनमा उनको ठूलो योगदान थियो । तुलाधर नेपालका बामपन्थी राजनीतिज्ञ तथा मानवअधिकारकर्मी हुन्।

सम्बन्धित खबरहरु