कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १०१ दिन पुगेको छ । यो बेलासम्म निर्मला हत्याकाण्ड सँग जोडिएका अधिकांश प्रमाण प्रहरीले नै मेटाइएपछि बलात्कारी–हत्यारा पत्ता लगाउन निक्कै सकस बनेको छ । निर्मलाका आफन्तले समेत राज्यले नै लुकाउन खोजेको आशंका गर्दै आज हत्यारा पत्ता लाग्नेमा अविश्वास व्यक्ति गरिरहेका बेला दैनिक मानसखण्डले घटनाको अनुशन्धानका लागि गतिलो प्रमाण हुने अडियो सार्वजनिक गरेको छ । प्रहरीले केरकार र सोधपुछ गरेका व्यक्तिहरुबीच भएका पाँच वटा टेलिफोन कुराकानीका क्लिप सार्वजनिक गरेपनि अब उक्त घटनाका बारेमा थप अघि बढ्न सजिलो हुने देखिन्छ ।

प्रहरीवृत्तबाटै उपलब्ध गराइएका ती क्लिपको गहन अध्ययन गरेपछि अनुसन्धानकर्तालाई घटनाको वास्तविक तस्विर बुझ्न सजिलो हुने देखिन्छ । दैनिक मानसखण्डले ती क्लिप आफ्नो आधिकारिक यूट्यूब च्यानलमा अपलोड गरेको छ । क्लिपमा शिशिर ठगुन्नासँग बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणमा मिल्ने साथी साजन बुढाऐरको सम्वाद रहेको छ । चारैजना निर्मला हत्याकाण्डको अनुसन्धानको घेरामा रहेका छन् । त्यसका साथै डिल्ली विष्टका एक भतिजाले शिशिरसँग गरेको कुराकानी उक्त भिडियो क्लिपमा छ । अडियो राखेर भिडियो बनाइएको छ । उक्त सामाग्री सुन्न र हेर्न यहाँ क्लिक गर्नुहोस् । क्लिक भन्ने शब्दमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु