काठमाडौ । निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ । केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । उहाँले भन्नुभयो, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।” कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभित्रैमा सडक निर्माणको सम्पूर्ण कामसक्ने गरी निर्माण कार्य अघि बढेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

नेपाल सरकारले यस खण्डमा सातवटा आकाशे पुल र आठ लेन सडकको दुवैतर्फ एकएक ‘लेन’ को सेवा मार्ग ९सर्भिस ट्र्याक० निर्माण गरिरहेको छ । चिनिँया निर्माण कम्पनी साङ्घाई निर्माण सेवा समूहले यो सडकखण्ड निर्माणको ठेक्का लिएको छ । सडक निर्माणमा समन्वयको काम काठमाडौँ चक्रपथ सडक योजनाले गरिरहेको छ । यो सडकलाई ‘अण्डर पास’ निर्माण र दश लेनको सडकका हिसाबले नेपालमै पहिलो सडक मानिएको छ । झण्डै चार वर्ष पहिले निर्माण कार्य शुरु भएकामा विनासकारी भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष लम्बिएको थियो । १० दशमलव ४ किलोमिटर लम्बाइको यो सडकको कलङ्की कोटेश्वर सडकको कूल लागत तीन सय १२ मिलियन युआन छ । रासस

सम्बन्धित खबरहरु