वि.सं. २०७५ कार्तिक १९ गते सोमबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:२० बजे,

कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि, मध्यरात्रीपूर्व ११:२३ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, हस्ता नक्षत्र, बेलुका ०९:०७ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, मध्यरात्रीपूर्व ११:२८ बजेसम्म, त्यसपछि प्रीति योग, गर करण, दिउँसो १२:०८ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व, आजको चाडपर्व र उत्सव : सोमप्रदोष व्रत, यमपञ्चक प्रारम्भ, काग तिहार, काकबलि, यम दीपदान, धन त्रयोदशी (धनतेरस), धन्वन्तरी जयन्ती, आजको मूहुर्त : अन्नप्राशन(पास्नी),

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : नरक चतुर्दशी, कुकुर तिहार, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने दिन, स्वन्तिचह्रे पूजा, २१ गते : औंसी, दर्श श्राद्ध, हलो तथा निशिबार्ने दिन, लक्ष्मी पूजा, दीपमालिका, सुखरात्री, २२ गते : गावद्र्धन पूजा, गोबलि पूजा, गाईतिहार, गोरु तिहार, हलितिहार, म्ह पूजा, नेपाल संवत् ११३९ प्रारम्भ,

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सर–सफाई गर्न मन होला । बिग्रिएको कुरालाई सुधार्न सकिएला । मठ मन्दिर जान पाइएला वा जान पाउने कुरा होला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्रमा दौडधुप अलि होला । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । रोगलाइ दबाउन सकिएला । स्वास्थ्य बिस्तारै राम्रो होला । विश्वास पात्र कोहि नभएपनि मान्यजनको सुझावलाइ गहिरो गरि लिएर चिन्तन मनन गरि महत्वपूर्ण काममा अघि बढ्नु होला । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कुनै संघ संस्था खोलौ भन्ने वा कुनै काम अघि बढाउ भन्ने हुने । अलि कति रमाइलो वा खुसियाली जस्तो बढ्ने । रोजगारीको लागि व्यवस्थित बनौउ भन्ने हुने । दिनचर्यामा नयाँ हौसला र जोश होला । प्रगतिशील विचार आउने छ । यात्रा गर्ने अवसर बढेर आएको देखिन्छ । जसको पनि सहजै साथ पाईएला । अरु मान्छे संग मिलि गर्नु पर्ने काम आउला । यदि सम्मानको अरु सामु पेश आए काम बन्ला नभए अलि गाह्रो हुन सक्ला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मेहनत गर्दा मात्र अलि बढी सफल होला । जीवनशैलीमा परिवर्तन आउन सक्छ अर्थात् दैनिकी कामहरु बढेर आउने हुन्छ । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । अवसरको खोजीमा भौतारिनु पर्ला । अरुले त्यतिकै फसाउन सक्छन् । यसो कतै जाने मन नहुने होला । बिहान देखि कामको अलमल हुनेछ । तपाइको रासी मिथुन हो जुन बुध ग्रहको रासी हो त्यसैले तपाईले बुधलाइ मान्दा राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – दिन मंगलमय हुने छ । बारम्बार आवत–जावत गरिरहनु पर्ने बनाइदेला । भाइ–बहिनिहरु संग पुर्नमिलन हुने जस्तो देखिन्छ । सानो होस् या ठुलो होस् सम्मान पाउने छ । मनोबल बढ्नेछ । घर परिवारमा सबैलाई माया बाँड्न पाउने छ । बिबाह आदि पर्व होला । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला तर केहि अबरोध पनि आउनेछ, बुद्धि लागे समय मिलाउनु होला । मन भए यात्राको फाइदा उठाउने समय छ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले तपाईले चन्द्रमालाइ मान्दा राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – भान्छामा काम धेरै बढेर जाला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्त्रमा राम्रो देखिन्छ । रोकिएका काम बनाउन सकिनेछ । हिसाबकिताबमा विवाद आउन सक्छ । थोरै लाभको मात्र सम्भावना देखिन्छ । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले तपाईले सुर्यलाइ मान्दा राम्रो हुन्छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – निस्कर्ष निकाली निर्णय गर्नमा ढिला होला । व्यतिको प्रभाव अलि फिका हुँदा सबलाई अकर्षण पार्न अलि मेहनत गर्नु पर्नेछ । जो कोहि पनि व्यक्ति संग खुसि होला आजको दिन र आफुनै अलि दोधारमा होला । गृहस्ती जीवन राम्रो होला । घर–परिवार–सन्तान आदिबाट लाभ देखीन्छ । कार्यक्रम आयोजनामा सहभागी हुन पाउला । नयाँ काम वा मान्छे फेला पर्न सक्छ त्यसैले सानो ठुलो जस्तो मान्छे होस् या रोजगार होस् त्यसलाइ मिलाएर राख्नु होला । चुनौती पन्छाउँदै अघि बढ्न सजिलो हुनेछ । जे बुद्धिमा आयो त्यहि बोलि फुट्न सक्छ । असाद्द्य पराक्रमद्वारा मात्र सामान्य कामहरु पनि बन्ला । तपाइको रासी कन्या हो जुन बुध ग्रहको रासी हो त्यसैले तपाईले बुद्धलाइ मान्दा राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – काम कुरा आदिलाई छिटो सकाउनु पर्ने दबाब आउन सक्छ । बिरामी हुन सक्ला, जे पायो तेही नखानु होला । गर्नु पर्ने धेरै काम गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ । किनमेलमा मन जानेछ । केही चुनौती देखिए पनि मन भएवजति पुरा गर्न नसक्ने नहोला । नौलो नौलो परिस्थितीहरु आउला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई गाह्रो होला । सुझावले गर्दा फाइदा हुनेछ ।  तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । सन्तानको सहयोग लाभदायी बन्नेछ । श्रमको मूल्यांकन होला । सहयोग गर्नेहरू भेटिनेछन् । लगनशीलताले सफलता दिलाउनेछ । नयाँ काममा हात हाल्ने समय छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । बिना तयारी घुमफिर गर्नु पर्ला । त्यस्तै खाले समय आएको छ । तत्कालै फाइदा नभएपनि फाइदा हुने कामहरु भने प्राप्त हुन सक्छ । यदि सम्मानको अरु सामु पेस आए काम बन्ला नभए अलि गाह्रो हुन सक्ला । काममा सहयोग जुट्नाले उत्साह मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मांगलिक काम कुराहरु बढेर आउने जस्तो देखिन्छ । बिबिध संघ संस्थामा चहारिनु पर्नेछ । अर्थात् संस्थागत कामहरुमा अभिवृद्धि हुनेछ । आफ्नो कर्तब्य पालना गर्नु पर्ने अवसर आएको छ । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । रोजगारबाट टाढिनुपर्ला । घर बाहिर खाना जान पाउला । अर्कै किसिमको खुसियाली होला । धेरै उपलाधि यदि अभएपनि केहि भएपनि उपलब्धिको कारण खुशी होला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – भाइ बहिनीहरुसँग पुर्नमिलन हुने जस्तो देखिन्छ । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । रोकिएका काम केहि भएपनि बनाउन सकिनेछ । काम रोकिनाले मन खिन्न हुनेछ तर चिन्ता नगर्नु होला फेरी सुचारु हुनेछ । हजुर बुवा । हजुर आमा आदि केहि समय बाहिर जालान । धर्म कर्म, दान पुन्य गर्न सकिएला । उच्च शिक्षाको लागि तयारी गर्न सकिएला । बक्सिङ्ग फुटबल, तेबल–टेनिस, आदि जस्ता खेलहरुमा रुचि भइ आउला । आफुले एक ताल साथ दिएको व्यक्तिको उन्नति आदि देखि खुशी हुन पाउला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – अरूको मुख नताक्नु होला । ब्यापारीहरुको लागि राम्रो छ । अरुले त्यतिकै फसाउन सक्छन् । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । आकस्मिक खर्च बढ्नाले मनमा चोट लाग्ला । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । मिठो मिठो खाना मन होला । बोल्ने बानीले दुःख पाइनेछ । मेहनतले आम्दानी बढाउनेछ । केही संघर्ष गर्नुपर्ला । खर्चले चिन्ता बढाउन सक्छ । रोकिएका काम बनाउन सकिनेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला । केही संघर्ष गर्नुपरे पनि हतास नहुनु होला । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – तन्दुरुस्तता आउनेछ, फुर्ति र चुस्ती आउनेछ । लगनशील भएर कुनै काम कुरामा लाग्न सक्ने छ जसले सफलता दिलाउनेछ । चाजो बाजो मिलाउनु पर्ने समय छ । रोकिएका काम धेरै नभए पनि सक्ने जति बनाउन सकिनेछ । मोज मस्ती आदि गर्नलाइ आकर्षित गर्ला । जिम्मेवारी बढिरहनेछन् तर निभाउनै पर्ने जस्तो हुन्दैन । धेरै जोश र जागरले भरिभराउ होला । फाइदा हुने काम प्राप्त हुन सक्छ । स्वास्थ्य सबल रहनेछ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

सम्बन्धित खबरहरु