काठमाडौ । कार्तिक कृष्ण त्रयोदशी। सोमबार यमपञ्चकु सुरु भएको छ। मृत्युदेव यमराजसँग सम्बन्धित भएकाले कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनको अवधिलाई यमपञ्चक भनिएको बताइन्छ। यमपञ्चकको पहिलो दिन कागतिहार। विभिन्न परिकार खान दिई कागको पूजा गरिँदैछ। यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। सनातन हिन्दु समाजमा कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ।

कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ। काग अत्यन्त चलाख पक्षी हो। कागले सबैलाई समान दृष्टिले हेर्छ पं. बालमुकुन्द देवकोटा भन्छन्, अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानलाई गुन लगाउने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पूजा गरिएको हो। कार्तिक कृष्ण चतुर्दशीमा कुकरको पूजा गर्ने परम्परा छ। यद्यपि हरेक दिन बिहान काग र कुकुरलाई खान दिएर मात्र आफू खाने विधान हिन्दु धर्ममा छ, जसलाई काकबलि र श्वानबलि भनिन्छ।

सम्बन्धित खबरहरु