जनबोली । सानैमा दायाँ हात र खुट्टाले काम नगरेपछि बायाँ हात र वायाँ खुट्टाको भरमा सकीनसकी ज्याला मजदुरी गरेर आफूसहित परिवारको गुजारा चलाउने गर्नुभएका म्याग्दीको बेनी नगरपालिका २ फापरखेतका चन्द्रवहादुर कार्की केही दिन अघि पशु स्याहार गर्ने क्रममा गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि विचल्लीमा पर्नुभएको छ । उपचारको त कुरै छोडौं हात जचाउनका लागि अस्पतालसम्म जाने पैसा नहुँदा दर्जी सहयोगदाताहरुको खोजीमा रहनुभएको छ । तस्वीर : धु्रबसागर शर्मा, गलेश्वर, म्याग्दी, रासस

सम्बन्धित खबरहरु