जब
कविलाई कविता जन्माउने
व्यथा लाग्छ
तब,
मान्छेहरु, उसलाई
पागल भन्छन् देवकोटाझैं ।
एउटा जुझारु विचारमा
कवि घोत्लिन्छ
कवि रुन्छ संवेदनामा,
छटपटिन्छ,पिडैपिडामा,
टोलाउछ मर्छ
ऊ फेरि
कविता भएर जन्मिन्छ देवकोटाझैं ।
उनीहरू,
भट्टीमा रोएको गिलाससँग
जीवनका, घाउ कोट्याएर रेस्टुरेन्टमा
आत्म वृतान्त पोख्छन्
जीवन नियाल्छन।
चोकचोकमा
र पस्छ्न झुपडीमा
आफ्नै स्वास्नीको
आँसु लटपटिएको
भात खान।
हरदिन
कविमा, भुइँचालो आउँछ,
र मान्छेहरु
कविलाई जड्याहा भन्छ्न
कविलाई पागल भन्छ्न
देवकोटालाई झैं ।।

[caption id="attachment_172621" align="aligncenter" width="909"] गोमा गैह्रे, स्याङजा/वालिङ १३ ।[/caption]

सम्बन्धित खबरहरु